• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सल्यानका कैदी बन्दीहरुले उत्पादन गरेका सामाग्री बिक्री नभएमा हामी खरिद गर्छै : अधिकारी


चैत २३, सल्यान ।

सल्यान कारागारका कैदी बन्दीहरुले उत्पादन गरेका सामाग्रीहरु बिक्री हुन नसके शारदा नगरपालिकाले खरिद गर्ने नगरप्रमुख सुरेश अधिकरीले बताएका छन् ।

सनिबार सल्यान कारागार भित्र कैदी बन्दीहरुका लागि स्थापना गरिएको पुस्तकालयको उद्घाटन कार्यक्रममा वोल्दै नगप्रमुख अधिकारीले कैदीहरुले जेल भित्रै बसेर विभिन्न सामाग्रहरु निर्माण गरेको भन्दै त्यसको बजारीकरणको लागी शारदा नगरपालिकाले पनि सहयोग गर्ने बताए । कारागार भित्र बन्दीहरुले बाँसको चोयाबाट बन्ने सम्पुर्ण खालका सामाग्री, टोपी, गुन्द्री लगाएत उत्पादन गर्दै आएका छ ।

कार्यक्रममा वोल्दै अधिकारीले जिवनका कुनै न कुनै मोडमा मानविय गल्ती हुने र त्यसबाट कानुनको उलङ्घन हुदा बन्दी भएर बस्नुपर्ने बाध्यता भएको बताए । उनले यसबाट बिचलित नहुन र आफुलाई सकारात्मक बनाउन सम्पुर्न कैदीहरुलाई आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले मानविय रुपमा सवै व्यक्ती कुनै न कुनै प्रकारका बन्दी रहेको उल्लेख गर्दै जिवनको वास्तविकता लाई बुझेर जिउनुको विकल्प नरहेको धारण राखे ।

कार्यक्रमका विशिष्ट अतिथी उमा सुवेदिले नदि सलल बगिरहेको जस्तो देखिएपनी त्यहाँ भित्र पनि हण्डर रहेको विश्लेषण गरिन् । उनले हरेक अवस्थामा खुशी भएर बाच्नुपर्ने बताइन् ।

कार्यक्रम जिल्ला प्रहरी प्रमुख एवम पुस्तकालय सन्चालन उपसमितिका संयोजक विरेन्द्र बहादुर शाहिको अध्यक्षतामा सन्चालन भएको हो । उपसमितिका सदस्य सोविता बस्नेतले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा प्रमुख, पत्रकार, उपसमितिका सदस्यहरु र करिब ११५ कैदी बन्दीहरु सहभागीता रहेको थियो ।

पुस्कालय स्थापनाका लागि सल्यानका १० वटै तहवाट ४ लाख ८४ हजार रुपैया संकलन भएको थियो । पुस्तकालयमा १८ सय पुस्तक जम्मा भएको बताइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २३ गते शनिवार