• २०७७ फाल्गुन २१ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान ‘कुपिण्डे ताल’को नाममा बनेको १० लाखको घर प्रयोग विहीन


चैत २३, सल्यान ।

कुपिण्डे तालको नाममा बनेको घर अहिले प्रयोग विहीन बनेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा रहेको कुपिण्डे तालको नाममा २०६५ सालतिर बनेको घर अहिले प्रयोग विहीन छ ।

तालको ५० मिटर माथी उत्तरी भागतिर रहेको घर तत्कालिन पर्यटन कार्यालय भैरहवाले करिब १० लाखको लागतमा निर्माण गरेको थियो । बास बस्न र तालको सामाग्री राख्न बनाईएको उक्त भवन अहिले जिर्न अबस्थामा रहेको छ ।

छड र सिमेन्टले ढलान गरिएको एक तला रहेकाे उक्त घरकोे ४ वटा कोठा छन् । ति ४ वटै कोठाका सबै ढोकाहरु लथालिङ र असुरक्षित अबस्थाका छन् । जसले गर्दा भवननै प्रयोगमा आएको छैन् ।

घर ताल देखि अलि टाढा र एकान्त जंगलमा भएकोले कोहि बस्न नरुचाउने गरेको स्थानीयको भनाई छ । ताल घुम्ना आउने कतिले त भवन नै नदेखेको उनिहरु बताउछन् । घर प्रयाेगमा आउन छाेडेकाे ४-५ बर्ष भएकाे स्थानीयले बताएका छन् । घर सँगै रहेको सौचालय पनि प्रयोग विहीन छ ।

टाढाबाट ताल घुम्ना आउनेहरुलाई निशुल्क बस्नको लागी भवन बनाइएको थियो । सुरु सुरुमा भवन राम्रो भएको र केहि पर्यटकहरु पनि बास बस्ने गरेको कुपिण्डे ताल समितीका अध्यक्ष चेतबाहदुर कँवरले बताए ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने– “पहिले यहाँ टाढा–टाढाबाट आउनेहरु निशुल्क रुपमा बस्ने गर्नुहुन्थ्यो, हामीले तालका सामाग्री पनि राख्थौँ । तर अहिले भवन जिर्न बनेपछि बस्नलाई सुरक्षित छैन् ।”

भवनमा आवश्यक पर्ने कपडाहरु पनि नभएकोले भवन संचालनमा समस्या भएको उनले बताए । पहिले कपडा भएको कारण मानिसहरु बस्ने र त्यही खाना बनाएर खाने गरेको उनको भनाई छ ।

कुपिण्डे तालकाे मन्दिर देखि माथीतिर जंगलमा बनेकाे घर

प्रकाशित मिति : २०७५ चैत्र २३ गते शनिवार