चैत २४, सल्यान ।
सल्यानमा परेको असिनापानीले किसानहरुले खेतबारीमा लगाएको लाखौँ मुल्यको बालीनालि नस्ट गरेको छ ।
आइतबार बिहान परेको असिना पानीले जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ पालेखोला र दारिम जिउलामा किसानले लगाएको लाखौ मुल्य बराबरको मुला नस्ट बनाएको छ । विउको लागी उत्पादन गरिने मुला घर भित्र्याउने अन्तिम समयमा हुँदा किसानहरुलाई बज्रापात परेको हो ।
पालेखोलामा मात्रै करिब २५ लाख भन्दा धेरैको मुला नस्ट भएको वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर बुढाथोकीले लेकाली अनलाइनलाइ बताएका छन् । उनका अनुसार किसानहरुले गत कार्तिक महिनामा ८३ रोपनी जग्गामा मुला लगाएका थिए । खेतमा लगाएको यो सबै मुला नस्ट भएको उनले बताए ।
दारिमजिउलामा पनि धेरै मात्रमा असिनाले मुला नस्ट गरेको छ । यहाँ पनि करिब १५ लाख बराबरको क्षेती भएको वडा अध्यक्ष बुढाथोकीले बताए । उक्त क्षेतीकाे बारेमा प्रही मुचुल्काकाे लागी प्रहरीलाइ बाेलाइएकाे बताए ।
यसैलाई नै व्यवसायीक रुपमा लिएर खेति गर्दा असिना परेर बज्रापात आइलागेको पाले खोलाका पीडित किसान ओज बहादुर घर्तिले लेकाली अनलाइनलाई बताए । उनले भने— “मुलाको उत्पादन राम्रो भएको थियो, घर भित्र्याउने समय हुँदा एक्कासी असिना परेर सखाप बनाइदियो ।”
आफु सहित अन्य किसानहरुले मुला खेति गरेर लाखौँ मुल्य बराबरको औषधीपानी गरेको उनको भनाई छ । उनले अब सरकारबाट मुलामा प्रयोग गरेको औषधी र विउ खर्चसम्म राहातको अपिक्षा गरेको बताए ।
मुला सँगै छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने झिम्पेका प्रयाय गाउँहरुमा गहुँ, जौँ, मसुरो, आलु, टमाटर लगाएतको तरकारी आइतबारको असिना पानीले नस्ट गरेको स्थानीयले बताएका छन् ।