• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सडकको उद्घाटन गर्दै सांसद बस्नेतले भने– ‘मेरो कार्यकालमा सल्यानको विकासले गति लिन्छ’


चैत २५, सल्यान ।

प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतले आफ्नो कार्यकालमा सल्यान जिल्लाको विकासले गति लिने बताएका छन् ।

कुमाख गाउँपालिकाको चिनाली, तिमिले, कफलेनी, लाँकर हुँदै बनगाड कुपिण्डे नगरपालिकाको गर्चे जोड्ने मोटर बाटोको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जिल्ला बासिको आफु प्रतिको आस्था र बिस्वासलाई समेट्ने गरी सल्यानको विकासमा लाग्ने बताएका हुन् ।

पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले विकास निर्माणको कार्यमा जिल्ला बासी एकताका साथ अघि बढ्नु पर्नेमा बताए । उनले जिल्लाको अस्तित्वलाई जोगाउनको लागी जिल्ला बासीनै एक हुनु पर्ने बताएका हुन् । संघियताको रुपरेखालाई पुर्णता दिन देशभक्ती नेपालीको आवश्यकता पर्ने भन्दै उनले आ आफ्नो ठाउँबाट सबै नेपाली स्वाभिमानी हुनु पर्ने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि बनगाड कुपिन्डे नगरपालिकाका प्रमुख गोबिन्द पुनले अब छिटै विकासबाट पछाडि परेका बनगाड कुपिण्डे नगरपालिकाका जनतालाई विकास भएको अनुभुती दिने गरि काम गर्ने बताए । उनले नगरभित्रका विभिन्न सडकहरुलाई संचालनमा ल्याउने बताए ।

सडक उद्घाटन कार्यक्रममा बनगाड कुपिण्डे नगर उपप्रमुख मन्जु यरि, कुमाख गाउपालिका उपाध्यक्ष डिल्लीराज जैसी लगाएतले मन्तव्य राखेका थिए ।

यस आर्थिक बर्षमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १५ लाख र अन्य विभिन्न समयको गरी जम्मा ५९ लाखको लागतमा यो सडक खनिएको हो । राप्ती राजमार्गको ढोरचौरबाट बनगाड कुपिण्डे नगरपालिकाको गर्चे सम्म जोड्ने यो सडक चिनाली देखी गर्चेसम्म करिब ३२ किलोमिटर रहेको छ ।

अहिले यो सडक चिनाली देखि कफलेनी सम्म खनिएको छ भने गर्चेदेखि पनि यता केहि दुरी खनिएको छ । कफलेनीबाट करिब ५ किलोमिटर सडकको ट्राक खोल्न बाँकी रहेको सडक समितिका अध्यक्ष पुर्ण बहादुर शाहिले बताए । यो ट्राक खोलेपनि लाँकर बस्तीमा मोटरबाटो पुग्ने छ ।

कफलेनीसम्म सडक पुगेपछि पहिलोपटक चिनालीबाट सल्यान रुकुम यातायात समितिको ना ७ ख ८४१९ नम्बरको बस पुगेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार