• २०७७ फाल्गुन २१ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा मानिस हिड्ने बाटोमा लथालिङ छन् विद्युतका तारहरु


इन्द्र बुढाथोकी / चैत २५, सल्यान ।

सल्यानको पश्चिम क्षेत्रमा जथाभावी विद्युतका तारहरु तान्दा जोखिम बढेको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा पर्ने सल्लीबजारमा यत्रतत्र विद्युतका तारहरु छरिएका छन् । कुवाबाट मोटर लगाई पानी तान्न प्रयोग गरिएका तारहरु अव्यवस्थित हुँदा जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् ।

व्यापारीहरुले व्यक्तिगत लगानीमा कुवाबाट आफ्नो घरसम्म मोटरको माध्यमबाट पानी तान्ने गरेका छन् तर तारहरु अव्यवस्थित हुँदा जोखिम बढेको हो । पानीको चरम अभावका कारण मोटरबाट पानी तान्न बाध्य भएको र तारहरु भने अव्यवस्थित भएको व्यापारी तिलक बुढा स्वीकार गर्छन् ।

जहाँ पायो त्यहीबाट तारहरु राख्दा बालबालिकाहरुलाई करेन्ट लाग्ने सम्भावना बढि भएको छ । विद्युतको तार व्यवस्थापन तिर भने कसैले पहल नलिएको व्यापारी बुढाले बताए ।

विद्यालय आउने जाने विद्यार्थीहरु देखी बाटोमा हिडडुल गर्ने बटुवा सम्मले प्रयोग गर्ने बाटोमा तारहरु जथाभावी फिजिएका छन् । पटकपटक तारहरु हावाहुरीले लाग्दा तार चुडने देखि पानी तान्ने मोटरहरु बिग्रदा समस्या आउने गरेको व्यापारी बुढाको भनाई छ ।

जथाभावी रुपमा तारहरु खुल्ला ठाउँमा नछोड्न पटक पटक आग्रह गरे पनि व्यापारीहरुले नसुनेको नेपाल विद्युत प्राधिकरण राकम युनिट कार्यालय नो लाइट सल्लीबजारका कर्मचारी भिम बहादुर बुढाले बताए ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार