चैत २५, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकामा पहिलो पटक आँखा शिविर सम्पन्न भएको छ । रेडियो तहल्काको आयोजनामा जनता मा.वि. रागेचौरमा भएको शिविरमा २ सय १५ जनाले सुविधा लिएका छन ।
रेडियोले पाँच बर्ष प्रवेश गरेको अवसरमा शनिबार निःशुल्क आँखा जाँच शिविर राखेको हो । शिविरबाट अप्रेशन गर्नुपर्ने ३५ जनालाई बागचौरमा आगामी बैशाखमा हुने निःशुल्क अप्रेशन सहितको शिविरमा सहभागि हुन भनिएको छ भने ३ जना आँशुनली बन्द भएका विरामीहरुलाई राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा रिफर गरिएको छ ।
आँखाका अन्य विरामीलाई निःशुल्क रुपमा औषधी वितरण गरिएको हो । शिविरमा आखा चिलाउने, रातो हुने, रसाउने, सुख्खा हुने मासु पलाएका, विरामीहरुको उपचार गराइएको थियो । शिविरमा चस्मा वितरण नगरिए पनि चस्माको लागि सिफारिस गरिएको छ ।
शिविरको उद्घाटन जिल्ला समन्वय समिति उपप्रमुख हरीप्रकास बुढाथोकीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका बुढाथोकीले आँखाको सबैले ध्यान दिनुपर्ने भन्दै रेडियोले बार्षिकोत्सवको कार्यक्रममा ग्रामिण क्षेत्रमा यस्तो काम गरेकोमा धन्यवाद सहित बधाई दिएका थिए । उनले आँखाका विरामी मात्रै हैन सबै रोगका विरामीको उपचारमामा ध्यानदिएर लाग्नुपर्ने भन्दै सरकारले त्यस्तो विकासमा पनि लगानी गर्नुपर्ने बताए ।
कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर डिल्लीराज रावतले सामाजिक उत्तरदायित्वको बोध गर्दै टाढा रहेको गाउमा यस्तो आँखा उपचार सम्बन्धी सुविधा राखेको बताए । उनले दृष्टीकोण सहि हुदा मात्रै समाजमा सहि काम गर्न सकिएजस्तै आँखा राम्रो हुनसकेमात्रै बास्तविकता थाहा हुने भएकाले आँखा सबैले राम्रो बनाइराख्नुपर्ने बताएका थिए ।
सल्यान आँखा उपचार केन्द्र शीतलपाटीका प्रमुख पदमराज पन्तले आँखाका विरामीहरुको आँखाको अप्रेसन नै गर्नुपर्ने प्रविधि महंगो भएपनि आँखाको समस्याका बारेमा यस्तो शिविरबाट जानकारी हुने भन्दै आँखा जाँच गराउनुपर्ने सुझाव दिएका छन ।
९ बर्षदेखि सल्यान श्रीनगरबाट आँखा उपचार सम्बन्धी काम गरिरहेका पन्तले सल्यानका ग्रामिण क्षेत्रमा काम गर्ने इच्छा अनुसार विभिन्न क्षेत्रसंगको सहकार्यमा कार्यक्रम गर्दै आएको कुमाख गाँउपालिकामा आफु पहिलो पटक पुगेको र सहभागिता पनि राम्रो भएको भन्दै खुशी भएको बताएका छन । उनले आफु विरामीको सेवा गर्ने भावका साथ शनिबार जस्ता विदाको सदुपयोग गर्दै ग्रामिण क्षेत्रमा आँखाको उपचारका लागि जाने अभियान नै बनाएकोले यसमा सहयोगीको भुमिका खेल्न सबैमा अनुरोध गरेका छन ।
कुमाख गाउँपालिका संगको सहकार्यमा भएको कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद अधिकारी, स्थानिय विद्यायलका शिक्षक, इलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मी, व्यापारी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।