चैत २५, सल्यान ।
सल्यानमा पन्चेबाजा बादक समूहलाई निशुल्क पञ्चेबाजा सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाको शारदा नगरपालिका ६ स्थित बरलामा कृयाशिल पन्चेवाजा वादक समूहलाई ‘भगत सर्वजित सिप विकास पर्वद्धन कार्यक्रम’ अन्तरगर्त शारदा नगरपालिक र घरेलु तथा साना उद्योग विकास समिति सल्यानको साझेदारीमा हस्तान्तरण गरिएको हो । उनिहरुलाई १ लाख रुपैया बराबरको पञ्चेबाजा सामाग्री दिइएका छ ।
शारदा नगरपालिका र घरेलु उध्योग बिकास समिती सल्यानको आर्थिक सहयोगमा बरलामा सन्चालित १० दिने पन्चेवाजा सम्बर्धन र पुस्ता हस्तान्तरन कार्यक्रमको समापन सँगै नगरप्रमुख सुरेश अधिकारिले वाजा हस्तान्तरन गरेका हुन् । हस्तान्तरीत बाजा अन्तर्गत नर्सिङ्घा, ढोलक, सहनाइ, दमाहा लगाएतका छन् ।
विस्तारै लोप हुँदै गएका कला सस्कृती, रहन सहन र सभ्यतालाई बचाउने र पुस्ता हस्तान्तरनको उद्देश्यले पन्चेवाजा तालिमको आयोजना गरिएका बताइएको छ । तालिममा करिब १ दर्जन बढी बाध्यवादकहरुको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले यस्तो तालिमबाट परम्पराको रक्षा गर्न सहयोग पुग्ने बताए । उनले कलाको पुस्तान्तरन पनि हुने भन्दै यसलाई व्यवसायीकरण गर्न प्रशिक्षार्थीहरु सँग अनुरोध गरेका छन् ।
कार्यक्रममा जिल्ला घरेलु प्रमुख लिलानाथ खतिवडा, शानपा ६ का अध्यक्ष भिकराज बुढाथोकी, जिल्ला समन्वय सदस्य सुस्मिता सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।
यसैबिच नगरप्रमुख अधिकारीले आजै शानपा ४ र ५ का गर्भवती महिलाहरुलाइ पोषणयुक्त आहार र सफाइ सामग्री वितरण गरेका छन् । जन्मने बच्चा र आमाको शुरक्षाको लागि भन्दै ती सामगृहरु बितरण गरेका हुन् ।
सामग्री बितरण कार्यक्रममा शानपा ४ र ५ का अध्यक्षहरु सुधन बिस्ट र प्रदिप शाही सँगै नगर स्वास्थ्य इन्चार्ज रबिन बिस्ट पनि सहभागी रहेका थिए ।