• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

‘पहिलो बर्ष भनेको यस्तै भयो, अबदेखि कर्णालीमा विकासले तिव्रता पाउछ’– मन्त्री ज्वाला


चैत २५, सल्यान ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अब कर्णाली प्रदेशमा विकासले तिव्रता पाउने बताएका छन् ।

सल्यानको खलंगा मदाना, पैयाखर्क हुदै लक्ष्मीपुर जोडने सडकको शिल्यानास कार्यक्रममा बोल्दै उनले निर्बाचित भएको पहिलो बर्ष प्रदेशमा काम गर्ने कुनै आधार नभएकाले अबदेखि विकासले तिव्रता पाउने बताएका हुन् । उनले भने–“पहिलो बर्ष निर्वाचित भएकोले त्यति काम गर्न सकिएन्, अब बिस्तारै विकासे काममा तिव्रता हुन्छ ।”

एनले पहिलो बर्ष प्रदेशमा कानुन निमार्ण, भौतिक संरचना, कर्मचारीको अभाव भएका कारण काम गर्न नसकिएको बताए । उनले भने– “विकास भनेको कुनै पाटीको लागी हैन्, अबका दिन बाट जनताले चाहे जस्तो बिकास निर्माणका कामले फडको मार्छ ।”

उनले सडक भनेको विकासको पहिलो आधार भएको बताएका छन् । सडक बिना कुनै पनि विकास हुन नसक्ने भन्दै उनले सडक सबैको साझा विकास निर्माणको ढुकढुकी रहेको बताए ।

मन्त्री ज्वालाले कर्णाली प्रदेशमा धेरै अबसरहरु भएकाले नेतृत्वदायी भुमिका निभाउने अबसर आएको बताएका छन् । अब प्रदेशले छिटै लोकसेवा आयोग खोल्ने तयारी गरेकाले नागरीकले थुप्रै अबसरको महसुस गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार