• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

बैशाख ६ गतेदेखि प्रधानमन्त्री ओली पुग्ने प्रत्यक ठाउँमा बन्द गर्ने विप्लवकाे घाेषणा


चैत २५, काठमाडौं ।

विप्लव नेतृत्वको प्रतिबन्धीत दल नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओलीलाई पनि प्रतिबन्ध लगाउने भन्दै कडा विज्ञप्ती सार्वजनिक गरेको छ ।

सोमबार नेकपा महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री पुग्ने देशका प्रत्यक ठाउँमा बन्द गर्ने चेतावनी दिइएको छ । विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको आफ्नो पार्टीलाई नजिस्काउन पनि ओली सरकारलाई चेतावनी दिएका छन् ।

संघर्षका कार्यक्रम विप्लवले बैशाख ६ गतेदेखि प्रधानमन्त्री ओली पुग्ने ठाउँमा सोहि दिन बन्दको घोषणा गर्ने चेतावनी दिएका छन् । त्यस्तै उनले पार्टी प्रतिबन्ध र पक्राउ परेका नेताको बिरोधमा बैशाख ५ गते नेपाल बन्दको घोषना गरेका छन् ।

यस्ताे छ विज्ञप्ती 

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार