• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

ओली सरकारले हामीलाई नजिस्क्याए हुन्छ : विप्लव


चैत २५, काठमाडौं ।

प्रतिबन्धीत दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्वलले आफुहरुलाई नजिस्क्याउन भन्दै वर्तमान ओली सरकारलाई कडा चेतावनी दिएका छ ।

सोमबार पार्टीको नाममा एक विज्ञप्ती जारी गर्दै विप्लवले आफुमाथी भएको ओली सरकारको दमनले आफ्नो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनले सरकारी दमन फाँसिवादी भएको भन्दै आफुलाई नजिस्क्याउन भनेका छन् ।

उनले आफ्नै भाषमा भनेका छन्– “नेपाली जनतामाथीको दमनबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने छ, हाम्रो पार्टी माथी प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।”

विप्लवले क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्ध ओली सरकार पागलपूर्ण राजनैतिक वकवासमा लागेको बताएका छन् । उनले अहिले देशमा उपलब्धी भएका हासिलहरु १० वर्षे जनयुद्धले भएको बताएका छन् ।

उनले जनआन्दोलन अझै पुरा नभएको भन्दै भनेका छन्– “नेतृत्वको गद्धारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिएको छ ।” उनले अगाडी विज्ञप्तीमा लेखेका छन्– “दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ ।”

०६२÷०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थाले पछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट नेपाल कम्युनिष्ट पार्टी जन्मेको विप्लवले बताएका छन् ।

उनले भनेका छन्– “यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका वाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ ।”

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार