इन्द्र बुढाथोकी /चैत २५, सुर्खेत ।
सुर्खेतकाे सिम्ता गाउँपालिकाको कृषि शाखाले कृषिकहरुलाइ ८० क्युन्टल बेसार वितरण गरेको छ ।
सिम्ता गाउँपालिकाको वडा न ५ बजेडामा रहेको कालिका देबि कृषि तथा पशुपालन सहकारी सस्था बजेडा मार्फत सहकारीमा आवद्ध सस्थाका ४२ जना कृषिक सदस्यहरुलाइ ८० क्युन्टल बेसारको बिउ वितरण गरिएको हाे । बेसारको पकेट क्षेत्र स्थापन गर्ने उदेश्यले बिउ वितरण गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि र ५ नम्बर वडा अध्यक्ष मुहान विसिले सयुक्त रूपमा बेसार हस्तान्तरण गरेका हुन् । उपाध्यक्ष शाहिले सिम्ता गाउँपालिकाले कृषिमा आत्मनिर्भर गराउनको उदेश्यले एक वडा एक पकेट क्षेत्र बनाउने अभियान अगाडि बढाएको बताएकी छन ।
बीउ पाएकोमा खुसि हुदै कृषकहरूले आफ्नाे आर्थिक अवस्था र मुहार फेरिने बताएका छन । आर्थिक रूपमा विपन्न दलित बस्तीमा याे कार्यक्रम लागू गरेमा सहकारीका अध्यक्ष दिपक सुनारले गापालाई धन्यवाद दिएका छन ।