• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानको चेतना सामाजिकले गर्याे वार्षिकोत्सबमा बजार सरसफाइ


चैत २७, सल्यान ।

चेतना सामाजिक उद्यमी सहकारी संस्थाले आफ्नो ८ ‌औँ वार्षिकोत्सब सरसफाइ गरेर मनाएको छ ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ मा अबस्थित यो सहकारीले आज सदरमुकाम खलंगा बजार सरसफाइ गरेर वार्षिकोत्सब मनाएको हो । सहुटोलबाट सडक सफाइ गर्दै संस्थाका कर्मचारी र सेयर सदस्यहरू खलंगाको पुरानो बसपार्क आएका थिए ।

सरसफाइ पछि कोणसभामा परिणत भएको कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी प्रमुख धनबहादुर नेपालीले आफ्नो संस्थाले विभिन्न समयमा सामाजिक काम गर्दै आएको बताए । उनले हरेक सरसफाइमा नागरिक आफै जागरुक भएर लाग्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष फत्तेजंग घर्तीको सभा अध्यक्षतामा भएको कोणसभामा लेखा समिति सदस्य इन्द्रा भण्डारीले पनि मन्तव्य राखेकी थिइन् । वरिष्ठ प्रबन्धक विमला सेजुवालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन संस्थाका कर्मचारी ओम गिरीले गरेका थिए ।

८ बर्ष अघि स्थापना भएको यो सहकारीले अहिले जिल्लाभरी ‌९ वटा शाखा स्थापना गरेको छ । जसमा १० हजारभन्दा धेरै सेयर सदस्यता रहेको उक्त संस्थाले बताएको छ । सरसफाइका क्रममा उक्त सहकारीले आज सहुटाेल, गणेश थान र वसपार्कमा ५ ओटा फाेहाेर संकलन गर्ने डस्टविन राखेकाे छ ।

 

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार