• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

बोर्डिङ स्कुल पनि शारदा नगरपालिकाको गहना हुन् : मेयर अधिकारी


चैत २७, सल्यान ।

सल्यान शारदा नगरपालिका मेयर सुरेश अधिकारीले बोर्डिङ स्कुल पनि शारदा नगरपालिकाको गहना भएको बताएका छन् ।

नगरको वडा नम्बर ४ मा रहेको ज्योति पुञ्ज एकेडेमीको ९ औँ वार्षिकोत्सब कार्यक्रमको उद्घाट गर्दै नगरप्रमुख अधिकारीले यस्तो बताएका हुन् । नगरभित्र सामुदायीक र निजी स्कुललाई समान ढंगले हेर्ने भन्दै उनले दुवै स्कुल नगरपालिकाको गहना भएको बताएका हुन् ।

उनले भने–“हामी अन्य स्थानीय तहभन्दा फरक तरिकाले चल्छौँ, हाम्रो नगरपालिकामा रहेका १३ वटै बोर्डिङ स्कुललाई पनि सामुदायीक विद्यालय जस्तै व्यवहार गर्छाै ।” जनमानसमा बोर्डिङ स्कुलमा राम्रो पढाइ हुन्छ भन्ने मानसिकता भएको भन्दै उनले सरकारी विद्यालयमा पनि राम्रो शिक्षा बनाउनु पर्ने बताए ।

आफु निजी स्कुल बन्द गर्नुपर्छ भन्ने पक्षमा नभएको उनको भनाई छ । पैसा तिरेर निजी स्कुलमा छोराछोरी पढाएपछि त्यसतर्फ विषेश ध्यान दिन उनले अविभावकहरुलाई आग्रह गरेका छन् ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विजय कुमार राईको सभा अध्यक्षतामा भएको कार्यक्रमा शारदा नगर शिक्षा संयोजक विर बहादुर सेजुवाल, वडा नम्बर ४ का वडा अध्यक्ष सुदन विष्ट, ५ का अध्यक्ष प्रदिप शाही लगाएत बोलेका थिए । कार्यक्रमको संचालन बोर्डिङ प्रिन्सीपल संगम शाहले गरेका थिए ।

२०६६ साल देखि संचालनमा आएको यो बोर्डिङ अहिले कक्षा ९ सम्म संचालनमा रहेको छ । यसै नयाँ वर्षदेखि यो बोर्डिङले १० कक्षाको अनुमती पाएकोले यहि नयाँ शैक्षिक सत्रदेखि कक्षा १० पनि संचालन हुने बताइएको छ । यहाँ अहिले ३ सय ५० विद्यार्थी अध्यानरत छन् ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार