• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

सत्तारुढ नेकपाका नेताहरुको जुगल हिमाल आरोहणमा सरकारी ढुकुटीबाट एक करोड खर्च


  1. चैत २७, काठमाडौं ।

प्रदेश सरकार र स्थानीय तहको रकम खर्चेर सत्तारुढ दल नेकपाका नेताहरुले जुगल हिमाल आरोहण गरेको पाइएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको अहिलेसम्म कसैले आरोहण नगरेको यो ‘भर्जिन’ हिमाल आरोहणका लागि नेकपाका केन्द्रीय सदस्यसहितको जम्बो टोली त्यसतर्फ लागेको थियो । टोलीमा रहेका २ जनाबाहेक अरुले सफल आरोहण गरिसकेका छन् ।

आरोहणका लागि झण्डै एक करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । सो रकम सम्पूर्ण रुपमा सरकारी कोषबाट खर्च गरिने छ ।

हाललाई ४० लाख रुपैयाँ व्यवस्थापन गरेको प्रदेश तीन सरकारले अपुग रुपैयाँ दिने शर्तमा टोली हिमाल आरोहणमा जुटेको बताइएको छ । प्रदेश तीनको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले सो रकम व्यवस्थापन गरेको मन्त्री अरुण नेपालले बताए ।

त्यसका साथै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका होमनारायण श्रेष्ठले आरोहणका लागि गाउँपालिकाको कोषबाट दश लाख रुपैयाँ दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार