• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

दाङ भ्याली स्कुलमा निशुल्क सिविर सम्पन्न


पूर्ण के.सी./चैत २७, दाङ ।

तुलसीपुर ६ मा रहेको दाङ भ्याली बोडिङ स्कुलले आज निशुल्क सिविर सम्पन्न गरेको छ । बिद्यालय भवनमैमै भएको सिविरमा आखा र दातका बिरामीगरि झन्डै १८५ जनाले सेवा लिएको बिद्यालयका सहायक प्राचार्य केसर सिंह बुढाथोकीले जानकारी दिएका छ्न ।

उनले सिविरमा तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडा बाट सेवा लिन आएको बताए । दात सम्बन्धि सेवा बि.आर. डेन्टल तुलसीपुरका डा. वि.पि. भुषाल र आँखा जाचको लागि रि भिजन आई केयरका दृष्टि विशेषज्ञ कृष्ण वन्जाडेले दिएका थिए ।

बिद्यालयले आजै वार्सिक परिक्षाको नतिजा पनि प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार