• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

रोजगारको लागी बिदेश गएका ५ सय ५३ नेपालीको बाकसमा लाश फर्कियो


चैत २८, काठमाडाैँ ।

वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ ।

आजकाे नेपाल समाचारपत्रमा खबर छ- विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।

मलेशियामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ ।

साउदी अरेवीयामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु÷प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जना जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष (२०७४/२०७५) ८ सय १८ जना कामदारको मुत्यु भएको थियो । गत साल पनि मलेसिया जाने नेपाली कामदारकै सबैभन्दा बढी(२ सय ८९ जना) को मृत्यु भएको थियो ।

खाडीका देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा धैरै नेपालीहरु कामका लागी जाने गर्छन् । ती देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा कार्यरत धैरै नेपालीको सवारी दुर्घटना, हृदयघात र आत्महत्याका कारण मृत्यु हुने गरेको उक्त बोर्डको तथ्याङ्घले देखाएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार