• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

समाचार संकलनमा हिडेका पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले पक्राउ गर्याे


चैत २८, काठमाडौँ ।

पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल भाषाको पत्रिका ‘निहिगु जोज्वोलपा’का प्रधान सम्पादक जितेन्द्र महर्जनलाई समाचार संकलनका लागि हिडिरहेकाे समयमा बुधबार पक्राउ गरेको जनाइएकाे छ ।

महर्जन जनपत्रकार संगठन, नेपालका काठमाण्डाैंका संयाेजक समेत हुन् । उनलाइ गत कार्तिक २८ गते मंगलवार साझ पनि किर्तिपुरस्थित घरबाटै प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

यसैबिच पत्रकार महर्जनलाई तत्काल रिहा गर्न जनपत्रकार संगठन नेपालले अपिल गरेको छ । पत्रकारलाई बैचारिक आस्थाकै कारण गिरफ्तार गरीएको भन्दै उनलाई तत्काल रिहा नगरे संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी साे संगठनले दिएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पत्रकारले लेख्ने कलमसँग सरकार आतंकित भएको भन्दै पत्रकारहरुलाई मानसिक तनाब दिने र अनावश्यक दुख दिने काम तत्काल बन्द गर्न भनिएको छ ।

‘पत्रकारहरुले लेख्ने कलमसँग राज्य यति धेरै आतंकित बनेको छ कि पत्रकारको आस्था र विचारकै कारण अनावश्यक रुपमा धरपकड गर्ने तथा गिरफ्तारी गर्ने गरिराखेको छ । राज्यले पछिल्लो समय हाम्रो संगठनका केही साथीहरुलाई मिडियाको कार्यालयबाटै कार्यक्षेत्रमा खटिरहँदा गिरफ्तार गर्ने गरेको छ, सरकार र राज्यका अंगहरुलाई पत्रकारमाथी गरिएको यस्तोखाले दमन र हस्तक्षेप तत्काल रोक्न चेतावनी दिन चाहान्छौं, बिज्ञप्तिमा भनिएको छ ।

राज्यले चौथो अंगको रुपमा परिभाषित गरेको मिडिया र मिडियाकर्मीहरुको भूमिका अवश्यपनि राज्यलाई सुझावसहितको रचनात्मक आलोचना गर्ने भएकाले राज्यको पहुँचभन्दा टाढा रहेका जनताहरुलाई जनपक्षीय पत्रकारिताको माध्यमबाट राज्यसँगको सम्बन्ध विस्तार गरेर शान्तिपूर्ण माध्यमबाट राज्यस्तरका समस्याहरुलाई हल गर्न रचनात्मक भूमिका खेलेको कुरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार