• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सिंगापुरका प्रधानमन्त्री : सामान्य व्यक्ती सँग हिड्छन्, च्यातिएका मोजा लगाउछन्


चैत २८, काठमाडौं ।

नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका अध्यक्ष मात्र होइन, मन्त्रीको सुरक्षामा पनि सेना र प्रहरी हुन्छन् । अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर लागेको हुन्छ ।

सुरक्षाकर्मीले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कसैलाई पनि छुन र भेट्न दिँदैनन् । सभा, समारोह जतासुकै हुन् नेपाली भीभीआईपीहरू सुरक्षा घेरामै हुन्छन् । अझ उनीहरूको लवाई हेर्ने हो भने त नेपाली जनता निकै धनी छन्, सम्पन्न छन् । कुनै कुराको कमी छैन भन्ने देखिन्छ ।

तर, सिंगापुरका प्रधानमन्त्री लि सेन लुङको यो तस्बिर हेर्नुहोस् । उनी आफ्नी श्रीमतीसहित एक पार्कमा सामान्य मानिसहरुसँग नाति–नातिनीसँग रमाउँदै गरेका देखिन्छन् । उनले लगाएको मोजा प्वाल परेको देखिन्छ । उनको यस्तो सामान्य व्यवहारका कारण पनि सिंगापुरमा उनी लोकप्रिय छन् । वर्षको २२ लाख सिंगापुर डलर तलब खान्छन् उनी ।

सन् २००४ देखि उनी निरन्तर सिंगापुरका प्रधानमन्त्री पदमा छन् । उनको यो तेस्रो कार्यकाल हो । न कुनै सुरक्षाको घेरा, न त विशेष आसन वा ‘रेड कार्पेट’ को व्यवस्था ! पिकनिकको दिन नाति–नतीनासँग ‘बोटानकि गार्डेन’ मा रमाइरहेका सिंगापुरका प्रधानमन्त्री ली सेन लुङ र ‘फस्र्ट लेडी’ को यो तस्बिर अहिले इन्टरनेटमा भाइरल बनेको छ ।

सिंगापुरमा सुरक्षाको कुनै थ्रेट छैन । जस्तोसुकै भीभीआईपीले पनि सामान्य व्यवहार देखाउँछन् । सिंगापुर एसियाकै धनी देशमध्येमा पर्छन् ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार