• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

खर्कबहादुर बुढा र लिलावती बुढाको चैत २९ गते युगल सांगीतिक साँझ हुने


चैत २८, सल्यान ।

सल्यानी श्रष्टा तथा वरिष्ठ लोक गायक खर्कबहादुर बुढामगर र लिलावती बुढामगरको संयुक्त साङ्गीतिक युगल साँझ आगामी २०७५ चैत २९ गते शुक्रबार हुने भएको छ ।

काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हुने सो सांगितीक साँझमा सम्पूर्ण इष्टमित्र, शुभ–चिन्तकहरुलाई उनीहरुले कार्यक्रम अवलोकनको लागि निमन्त्रणा गरेका छन् । सांगितीक कार्यक्रम दिउसो २ बजेबाट सुरु हुनेछ । मध्यश्चिमका लोकगीतहरुलाई प्रबद्र्धन गर्दै याी दुई जोडीले सयौं गीतहरु रेकर्ड गरिसकेका छन् ।

खर्क बुढा साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका अधिकृत तहका कर्मचारी पनि हुन् । त्यहाँ उनी वाद्यवादन विभागमा कार्यरत छन् । खर्क र लिलावती नेपालको लोकगीत विधाका वरिष्ठ कलाकार हुन् ।

खर्क बुढामगर मादल, हार्मोनियम र तबलाका प्रशिक्षक हुन् । गीत संगीतमा दक्षता हाशील गर्दै जाँदा सल्यानकै श्रष्टा लिलावतीसँग विहे भएपछि उनीहरुको संयुक्त सांगीतिक यात्रा अगाडी बढिरहेको छ । लिलावती बुढापनि एक जमानाकी राम्रो गायीका हुन् तर अन्य कारणले उनको गायन यात्रा अलि पछाडी परेको मानिन्छ ।

घर त मेरो सान्नानी हो, शारदामा कमलको फूल फुल्यो, जस्ता दर्जनौं लोकगीतहरु लिलावतीको सुमधुर आवाजमा रेकर्ड भएका छन् । खर्क बुढा र लिलावतीको सांगितीक यात्रा ४० सालतिरबाट सुरु भएको मानिन्छ । उनीहरु सल्यानका बासिन्दा हुन् ।

समृद्ध सल्यान, हाम्रो अभियान भन्ने नारा सहित सल्यान सरोकार समाजले सो सांगीतिक साँझको आयोजना गरी हजारौं दर्शक तथा श्रोतामाझ यी दुई जोडी कलाकारलाई मञ्चमा उभ्याउन लागेको छ । सो अवसरमा सबैलाई उपस्थितिको लागि सो संगठनले अपील पनि गरेको छ

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार