• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

शिवजन माविको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


चैत्र २९, सल्यान । सल्यानको शैक्षिक तथा व्यापारिक केन्द्रमा रहेको शिवजन माध्यमिक विद्यालले शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । नयाँ बर्ष २०७६ आउदैगर्दा विद्यालय नगर प्रमुख प्रमुख सुरेश अधिकारीलाई अतिथी बनाएर शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो ।

कार्यक्रममा विद्यालयको तर्फबाट नगर प्रमुख अधिकारीसंग विभिन्न समस्या भएकोले ध्यान दिन माग राखियो । नगरका प्रमुख अधिकारीले विद्यालका समस्यालाई नगर परिषदमा राख्ने प्रतिवद्धता राखेका छन ।     विद्यालयले तारबार, गेट र्निमाण, थप कोठाका साथै गुणस्तरिय शिक्षाको लागि नगरसंग माग राखेको हो ।

विभिन्न बैकका प्रतिनिधि तथा स्थानिबासीको सहभागिता रहेको कार्यक्रममा वडा नं. १ का अध्यक्ष नवराज बुढाथोकी र १२ का अध्यक्ष दिपक हमाल, नेकपाका रमेश गौतम र नविन भडेल अनि नेपाली काग्रेशका सचिव प्रकाश भण्डारी, नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विव्यस अध्यक्ष राजेश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हिरालाल नेपालीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक तुफान सिंह थापाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २९ गते शुक्रवार