• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङ-सल्यानको राप्ती राजमार्गमा यसवर्ष मात्रै एक अर्ब रकम विनियोजन, अब २ लेन बनाइने


चैत ३०, सल्यान ।

दाङ-सल्यानको राप्ती राजमार्गमा यसै आर्थिक बर्षभित्र दुईपटक गरेर करिब एक अर्ब बराबरको बजेट बिनियोजन भएको छ ।

केही समय अघि करिब ५० करोड रकम विनियोजन भएको यो राजमार्गमा फेरि ५० करोड विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो दुईवटै बजेटले टु लेन सडक बनाईने छ ।

तुल्सीपुरदेखि सल्यानको सिमानामा रहेको चोरखोलासम्मको सडक दुई लेन बनाउने भन्दै भर्खरै ५० करोड बराबरको रकम केन्द्रीय अर्थ मन्त्रालयले विनियोजन गरेको हो । यसअघि पनि विनियोजन भएको ५० करोड बजेटले चोरखोला देखि सल्यान श्रीनगरसम्मको ठेक्का भैसकेको कर्णाली प्रदेशका अर्थमामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

तुलसीपुर देखि चोरखोलासम्म भर्खरै विनियोजन भएको बजेटलाई भने बिहीबार मात्रै ४९ करोड ८३ लाख ३६ हजार नौ सय रुपैयाँको टेण्डर आह्वान भईरहेको छ ।

बहुबर्षिय योजनामा परेको उक्त सडक खण्ड दुईलेन भएपछि सवारी आवतजावतमा सहजता हुने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । यस अघि उक्त सडक एकलेन मात्रै थियो । सडकमा भएका खाल्डाखुल्डीले पनि दुर्घटना बढेको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र ३० गते शनिवार