• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

चैते दशैको अवसरमा सल्यानको खैराबाङ मन्दिरमा साढे ६ सय बोकेको बली


नवीन पौडेल / चैत ३०, सल्यान ।

  1. सल्यानको खैराबाङ भगवती मन्दिरमा आज पनि भक्तजन हरुको अत्यधिक भिड लागेको छ। चैते दसैको अस्टमी दिन भएका कारण शनिबार भक्तजनहरुको भिड लागेको हो ।

सल्यान जिल्लाको प्रमुख धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित खैराबाङ भुबनेशोरी भगवती मन्दिरमा प्रतिपदा देखिनै भक्तजनहरुको भिड लागेको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष छवि कुमार शर्माले बताए । खैराबाङ मन्दिरमा पुजा अर्चना गरेपछि आफ्नो मनोकामना पूरा हुने जन बिस्वास रहेको छ।

आफुले सोचेको कुरा पूरा भएपछि र कुनै कामहरु गर्नु भन्दा पहिले बलिको भाकल गर्नेहरुले पशु बलि पनि दिइने प्रचलन रहेको छ । मन्दिरमा प्रसादको रुपमा बिशेश गरि चामल, घ्यु, चिनी मिसाएर बनाइएको रोट चढाइने गरिन्छ।

मन्दिरमा चैते दशैको अबसरमा करिब ६ सय ५० वटा बोकाको बलि दिइएको छ। त्यस्तै रागा, कुखुरा को पनि बलि दिइएको छ।

नयाँ मौलो स्थापना

मन्दिरमा शनिबारनै नयाँ मौलो स्थापना गरिएको छ।
प्रतिपदाको दिन गाडियको नया मौलोको विभित रुपमा पुजा गरि उद्घाटन गरिएको हो। शारदा नगरपालिका प्रमुख सुरेश अधिकारिले मौलोको पुजा गरि उद्घाटन गरेका हुन् ।

पुजा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेपाली सेना सिमखर्कका प्रमुख गनपती, सशस्त्र प्रहरी प्रमुख बिमल डाँगी, विभिन्न कार्यालयका प्रमुखहरु, जनप्रतिनिधि, मन्दिर कार्यसमिति, भक्तजनहरु लगाएतको उपस्थित रहेको थियो ।

मौलो पुजा उद्घाटनमा सशस्त्र प्रहरीबल जिल्ला गुल्म सल्यानको एक टोलिले सलामी समेत दिएको छ।

जिल्लाको प्रमुख प्रसिद्ध धार्मिक पर्यटकिय स्थल भयका कारन महाअस्टमीको दिन पारेर सलामी दिइयको सशस्त्र प्रहरी प्रमुख बिमल डाँगीले बताए ।सलामी दिने परम्परालाई अबदेखी प्रत्येक दशैमा निरन्तरता दिने उनले बताए।

प्रकाशित मिति : २०७५ चैत्र ३० गते शनिवार