• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

अपडेट: सोलुखुम्बुमा जहाज दुर्घटना , ४ को मृत्यु


बैशाख १, सोलुखुम्बु । नयाँ वर्षको सुरुवातमै डरलाग्दो दुर्घटना भएको छ । सोलुखुम्वु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँएर दुर्घटना भएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जनाको मृत्युु भएको पुष्ठि भएको र धेरै हताहत भएको खबर छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार