• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पसलहरुमा चोरी गरेको अभियोगमा ४ जना पक्राउ


दुर्गा वि.सी / बैशाख १, सल्यान ।

सल्यानमा पसल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सल्लीवजारमा दर्जन बढि पसलहरुमा चोरी गरेको अभियोगमा पहरीले आइतबार ४ जानालाई आज प्रहरिले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालीका ४ मोट्ङग्रा निवास वर्ष ३५ का तीलक सुनार, बनगाड कुपिण्डे नगरपालिका वडा ९ वस्ने वर्ष १४ का रेशम वस्नेत, सोहि स्थानका वर्ष १४ का प्रकाश भण्डारी र प्रकाश बुढालाई नियन्त्रणमा लिएको इलाका प्रहरि कार्यलय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारी दिए ।

बस्नेत, भण्डारी, बुढा नाबालक भएकोले मुद्दा चलाइएको छैन भने तलिक सुनारलाई भने जिल्ला चलान गरिएको प्रहरीले बताएको छ । नाबालक मानिएका ३ जनालाई भने प्रहरीले आफ्न्तको जिम्मा लगाएको बताएको छ ।

सल्लीबजारका विभिन्न पसलमा पटक पटक चोरीका घटनामा सुनार संलगन भएको प्रहरी बयानमा खुलेको छ । स्थानीयहरुको घर, पसलबाट मोवाईल, रिचार्ज कार्ड र नगद रुपैयाँ चोरेको उनहिरुले प्रहरी सामु बयान दिएको बताइएको छ ।

त्यसैगरी बाँकी ३ जना भने नगरका वडा ८ र ९ का स्थानीय पसलहरुमा चोरेको बताएका छन् । देवस्थलको समिक्षा पुनको घरबाट गए राती मोवाईल चोरेर भाग्दै गर्दा प्रहरि सुनारलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार