• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सल्यानका तेक्वान्दो डोजाङलाइ अन्तराष्ट्रिय खेलाडीले सहयोग गरे


बैशाख १, सल्यान । 

सल्यानकाे तेक्वान्दो खेलाडीलाइ अन्तराष्ट्रिय तेक्वान्दो खेलाडीले सहयाेग गरेका छन् ।

नव वर्ष २०७६ सालको अवसरमा बैशाख १ गते सल्यानकाे शारदा नगरपालिका ६ बरलामा स्थापना भएकाे तेक्वान्दो डोजाङको लागी साेहि नगरपालिका १४ का अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी गोपाल भण्डारीले सहयाेग गरेका हुन् । उनले करिब ५० हजार बराबरकाे आवश्यक खेल सामाग्री, ड्रेस तथा सेफ्टी इक्युपमेण्ट हस्तान्तरण गरेका हुन् ।

तेक्वान्दो संघ सल्यानका अध्यक्ष अरजिन्द कुमार राईको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि शानपा ६ का वडाध्यक्ष भिकराज बुढाथोकी, विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष विजय सिंह लगाएतका व्यक्तीहरु सहभागी रहेका थिए ।  खेल क्षेत्रको विकासका लागि तेक्वान्दो डोजाङ स्थापना हुनु निकै खुशीको कुरा भएको र यसको संरक्षण वडाले गर्ने वडाध्यक्ष बुढाथोकीले बताए।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार