• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

नेपालकाे सगरमाथामा चीनले शौचालय बनाउँदै


बैशाख २, काठमाण्डाैँ । 

नेपालले अप्रिलदेखि जुनसम्मका लागि ४५ दिने सगरमाथा सफाइ अभियान सुरु गरेको छ। आफ्नो तर्फको सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा चीनले वातावरण मैत्री शौचालय बनाउने भएको छ।

आजकाे अन्नपूर्ण पाेष्टमा खबर छ- सिन्ह्वाका अनुसार ७ हजार २८ मिटरको उचाइ शिविर बाहेक ५ हजार २ सय, ५ हजार ८ सय र ६ हजार ५ सय मिटरको शिविरमा पनि शौचालय निर्माण गरिने छ। यी सबै शौचालय वसन्त सिजनको अन्तमा हटाइने छ। अप्रिलको आरम्भदेखि मे महिनाको अन्तसम्मको पर्वतारोहण अवधिलाई वसन्त सिजन भनिन्छ। यसैबीच चीनले केही फोहोर नछाड्ने सिद्धान्तलाई पछ्याउँदै यस पटक पनि वसन्त सिजनको अन्त्यमा सबै फोहोर तथा मानव मलमूत्र हटाउने वाचा गरेको छ।

विभिन्न शिविरमा शौचालयको निर्माणबाट मानव मलमूत्र संकलन गर्न सजिलो हुने भन्दै ७ हजार ५०० मिटरभन्दा माथिको उचाइमा पर्वतारोहीले कम खाने र धेरै ऊर्जाको आवश्यक्ता हुने भएकोले शौचालय आवश्यक नभएको तिब्बत पर्वतारोहण संघका पदाधिकारीले बताएका छन्। यसैबीच नेपालतर्फको सफाइ अभियानमा सगरमाथा क्षेत्रमा वर्षौंदेखि उठाउन नसकिएका शवलाई पनि उठाइने भएको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार