• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

विप्लव निकटका शिक्षक ‘नेपालकै उत्कृष्ट शिक्षक’मा राष्ट्रपतिद्धारा सम्मानित


बैसाख २, काठमाडाैँ ।

सरकारद्वारा प्रतिबन्धित नेकपा निकटका शिक्षक घनश्याम पाठक नयाँ बर्षको उपलक्ष्यमा राष्ट्रपतिद्वारा श्री जनशेबा श्री पदक द्बारा बिभुषित सम्मानित भएका छन् । उनले मुलुककै उत्कृष्ट शिक्षक तथा शैक्षिक ब्यबस्थापकको रुपमा राष्ट्रपतिद्धारा राष्ट्रिय सम्मान पाएका हुन् ।

बुटवलमा रहेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक पाठक नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष हुन् । प्रधानाध्यापक पाठकलाई बिप्लवको शिक्षक संगठनको केन्द्रीय अध्यक्ष भएकै आधारमा सम्मानबाट बन्चित गर्ने कोशिश भएता पनि राष्ट्रपति कार्यालयले आदर्शकै आधारमा बिभुषणबाट बञ्चित गर्न नहुने निश्कर्षसहित राष्ट्रपति कार्यालयले बिभुषित गर्ने निर्णय लिएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार सरकारले प्रतिवन्धित पार्टीको शिक्षक संगठनको नेतासमेत रहेको जानकारी गराएपछि शितलनिवासले बिचारधारका आधारमा राम्रो काम गर्नेलाई काखा र पाखाको नीति लिन नहुने सुझाव दिएको थियो ।

बुटवलको कालिका मानबज्ञान सामुदायिक बिद्यालय निकै चिरपरिचित बिद्यालय हो । जुन बिद्यालय नेपालकै नमुना बिद्यालयमा पर्छ । पाठकले नेतृत्व गरेको कालिका मानवज्ञान मावि निजि बिद्यालय भन्दा राम्रो अध्यन अध्यापन हुन्छ । कालिका मानव ज्ञान मावि बिगत चार बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने बिद्यालयको रुपमा स्थापित छ । सो बिद्यालय सामुदायिकमा नेपालकै सवैभन्दा बढी बिद्यार्थी अध्ययन गराउने बिद्यालयको रुपमा पनि स्थापित रहेको छ ।

सो बिद्यालयमा हाल ५ हजार ५ सय २९ बिद्यार्थी अध्ययनरत छन भने २०७१ सालदेखि हरेक परीक्षामा मुलुकमा लगातार पहिलो स्थान हासिल गर्ने बिद्यालयको रुपमा स्थापित भएको छ । पाठक बिप्लव नेतृत्वको शिक्षक संगठनको नेता भएपनि बिभुषित हुनुपर्ने निश्कर्षमा सरकार र शितलनिवास यही आधारमा पुगेको हो ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार