• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

चौतर्फी विरोधपछि पत्रकार गिरी रिहा, महर्जनलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


बैशाख २, काठमाडौँ ।

समाचार लेखेकै कारण पक्राउ परेका ताण्डब न्यूज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन् ।

सोमबार प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । त्यसकाे १२ घण्टा नबित्दै उनि रिहा भएका हुन् । गिरीलाई पत्रकार महासंघको रोहवरमा छाडिएको महासंघका महासचिव रमेश विष्टले बताएका छन् ।

पत्रकार गिरीको गिरफ्तारीविरुद्ध नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर रिहाई नगरे संघर्षमा जाने चेतावनी दिएको थियो । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरेर समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने प्राबधानलाई लत्याउँदै गिरीलाई साइबर अपराधन अन्तरगत मुद्दा चलाउनु आपत्तिजनक भएको बताएका थिए ।

त्यसैगरी सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार जितेन्द्र महर्जनलाई तीन दिनभित्र उपस्थिति गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

जनपत्रकार संगठनकाे अाग्रहमा नेपाल पत्रकार महासंघले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बन्दीसहित गिरफ्तार गुर्नको कारण पेश गर्न साेमबार सरकारलाई आदेश दिएको हो । न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक महर्जनलाई प्रहरीले चैत्र २८ गते कार्यालयबाटै गिरफ्तार गरेको थियो ।

उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन काठमाण्डाैँ संयाेजक भएकै कारण प्रहरीले गिरफ्तार गरेको हो । घटनाकाे जनपत्रकार संगठनले पनि कडा बिराेध गरेकाे थियाे । पत्रकार महर्जनको रिहाईको लागि महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वाेच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गिरफ्तार गर्नुको लिखितजवाफसहित बन्दीलाई उपस्थित गराउन आदेश लिएको छ ।

नेवारी भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरफ्तारी गैरकानूनी र संविधानविरुद्ध भन्दै बिनाशर्त रिहाईका लागि जैसीले रिट दायर गरेका थिए । पत्रकार महर्जनको तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, कान्ति ढुङ्गाना, चुडाबहादुर तिवारीलगायतले बहस गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार