• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सल्यान : ‘गतवर्ष प्रथम नहुँदा रुवाबासी, याे वर्ष ४ वर्षकै उमेरमा स्कुल टप’


बैशाख ३, सल्यान ।

भनिन्छ मान्छेका आ–आफ्नै रुची हुन्छन् । फरकफरक खालका अनेक काम गर्न मन पर्छ । ती मध्येको एक रुची हो अध्यान । अहिलेको २१ औँ शतााब्दीमा अध्यान अति आवश्यक र अपरिहार्य चिज हो । अध्ययनलेनै सबैकाम गर्ने वातावरण बन्दछ ।

त्यही अध्ययनलाई कतिले लगाव र मेहेनतको रुपमा लिन्छन् । र हरेक सोचाई तथा ध्यान त्यसैमा हुन्छ । यहि अध्ययनकै क्रममा सल्यानकी एक बालिकाको रोचक कथा छ ।

जिल्लाको शारदा नगरपालिका ४ साहुटोलमा रहेको ज्याेती पुञ्ज एकेडेमीमा ४ वर्षीया बालिकाले अध्ययन गर्छिन् । उनि यो बर्ष नर्शरी कक्षामा प्रथम भएर युँकेजी कक्षामा भर्ना भएकी छिन् । उनको नाम हो एस्ना वस्नेत ।

उनी कक्षा प्रथम मात्रै भएकी हैनन् । कक्षा ९ सम्म संचालित यो स्कुलकै सबैभन्दा धेरै नम्बर ल्याउने बोर्ड प्रथम हुन् । उनले जम्मा ९९.८० प्रतिशत अंक  ल्याएकी छन् ।

केहिदिन अघि मात्रै नतिजा सार्वजनिक गरेको यो स्कुलले उनलाई स्कुल बोर्ड फस्ट भएको भन्दै शारदा नगरप्रमुख सुरेश अधिकारीको हातबाट मेडल दिएको थियो । उक्त सम्मान पछि एस्नाका बुबा कैलाश चनारा सँग लेकाली अनलाइनले केहि कुराकानी गर्याे ।

कुराकानीका क्रममा उनले आफ्नी छाेरी अध्ययनमा रुचि र मेहेनती भएकाे बताए । उनले भने– “गतवर्ष मात्रै मैले छोरीलाई स्कुल भर्ना गरेको हुँ, स्कुल आएको एक वर्षमै बोर्ड फस्ट भइछ ।” उनले त्यतिखेर स्कुलमा छोरीलाई ल्याएर रिजल्ट हेर्न आएको स्मरण गर्दै भने– “अरु विद्यार्थी फस्ट आएको देखेर मेरी छोरीले पनि मलाई फस्ट बनाउनु पर्याे भन्दै रोएकी थिइ, तर हामीले सम्झाउदा पनि मानिन् ।”

स्कुलमा भर्ना नभएकी उनि कहाँबाट प्रथम आउथिन् र ? पछि आफुले स्कुल सँग कुरा गरेर एउटा काम नलाग्ने खालको मेडल मागेर छोरीलाई दिएर सम्झाएपछि छाेरीकाे रुवाबासी बन्द भएकाे बुबा चनाराले बताए । उनले त्यसपछि स्कुल भर्ना गरेको उनले सुनाए ।

अहिले पनि छोरी नियमित स्कुल जाने, घरमा पनि नियमित पढ्ने र नजानेको आफुहरुलाई सोध्ने गरेको उनले बताए । आफ्नो छोरीको खेलमा पनि उत्तीकै मात्रामा रुचि भएको उनले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार