• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

विष्णु पौडेलकाे जग्गा प्रकरणमा संचारमन्त्री बाँस्कोटाकाे बाेली फेरियाे


बैशाख ३, बुटवल ।

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाल कम्यनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपुर्ती दिने कुरा आफूले नबताएको जिकिर गरेका छन् ।

मन्त्री बाँस्कोटाले आफूले महासचिवलाई भुमाफियाहरूले ठगेको बताए पनि त्यसको क्षतिपुर्ती सरकारले दिनुपर्ने नबताएको दाबी गरे । उनले गत बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने धारणा राखेका थिए । जसको सर्वत्र आलोचना भएको थियो ।

तर उनले बुटवलमा भएको पत्रकार भेटघाटमा आफूले त्यो कुरा नभनेको अभिव्यक्ती दिएका छन् । आफुले नभनेको कुरालाई प्रचारमा ल्याएर संचार माध्यमले भ्रम फैलाउन खोजेको भन्दै उनले पत्रकारमाथी आक्रमक रुपमा देखिए ।

‘महासचिवको वक्तव्यअनुसार उहाँ ठगिनुभएको भनेर मैले भनेको हुँ’, उनले भने, ‘त्यसको क्षतिपुर्ती किर्ते गरेर बेच्नेले नै दिनुपर्छ भनेर भनेको हो, सरकारले दिनुपर्छ भनेको होइन् ।’ मन्त्री बाँस्कोटाले जसले उक्त जग्गा आफ्नो नाममा ल्याएको छ उसलाई कानुनको दायारामा ल्याउन सरकारले प्रक्रिया चालिसकेको पनि बताए ।

महासचिव पौडेलले आफ्ना छोराको नाममा बालुवाटारस्थित प्रधानमन्त्री तथा उच्च ओहदाका व्यक्तिहरूको आवासका लागि राखिएको सरकारी जग्गा ल्याएको खुल्न आएको थियो । उनी माफियाहरूको प्रभावमा परेर उक्त जग्गा किन्न पुगेको बताइएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार