• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

बैशाख ५ गतेको बन्दलाई सफल पारौँ भन्दै विप्लवकाे नेकपा सल्यानले निकाल्यो विज्ञप्ती


बैशाख ३, सल्यान ।

विप्लव नेतृत्वको प्रतिबन्धीत दल नेकपाले आह्वान गरेको बैशाख ५ गतेको नेपाल बन्दलाई सफल पार्न भन्दै सो पार्टीको सल्यान जिल्ला समितीले एक विज्ञप्ती जारी गरेको छ ।

सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धका विरुद्ध सशक्त रुपमा प्रतिरोध गर्ने भन्दै पार्टीको केन्द्रीय निर्णय अनुसार नै जिल्लामा बन्द सफल पार्न नेकपा सल्यानले विज्ञप्ती मार्फत अपिल गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी महेन्द्रले बैशाख ३ गते हस्ताक्षेर गरेको विज्ञप्तीमा सल्यानमा आफ्ना पार्टीका ३ जना कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर हिरासतमा राखिएको आरोप लगाइएको छ ।

विज्ञप्तीमा भनिएको छ– “राज्यको फाँसिष्ट दमनकै चरित्र अनुसार सल्यानमा पनि हाम्रो पाटी जिल्ला सदस्य द्वय मदन के सी, नारायण वली र अखिल (क्रान्तिकारी) सल्यानका जिल्ला सचिव गणेश आर.सी.लाई गिरफ्तार विभिन्न झुट्टा मुद्दामा हिरासत बसिरहनु भएको छ ।” हत्या, दमन, गिरफ्तारी, झुट्टा मुद्दा र राज्य आतंकको सहाराले संसारमा काँही र कहिल्यै कुनैपनि राज्य टिकेको इतिहास भएको भन्दै विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा भनिएको छ– “राजनीतिक संगठनको काममा गरिएको बन्देज, जनताको घर खानतलासी गर्ने, धरपकड, गिरफ्तारी, झुट्टा मुद्दा लगाउने जस्ता राज्य आतंक लगायतका फासीवादी कदमका विरुद्ध यही २०७६बैशाख ५ गते पाटी केन्द्रीय समिति को आयोजनामा नेपाल बन्द को आब्हान गरेको छ । सो बन्दमा हाम्रो पार्टीलाई आवश्यक नैतिक, भौतिक सहयोग एवम् ऐक्यबद्धताको लागि उद्योगी ब्यवसायी, देशभक्त नागरिक, शैक्षिक संस्थाका संचालकहरु, यातायात व्यवसायी, निर्माण व्यवसायी , पत्रकार मित्रहरु लगायत सवैमा हार्दिक अनुरोध गर्दछ । ”

यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार