बैशाख ३, सल्यान ।
सल्यानी चर्चित गायक शक्ति चन्द, गायिका टीका सानू र धनमाया नेपालीको आवजमा रहेको एउटा मौलिक लोक दोहोरी गित सार्वजनिक भएकाे छ ।
नेपाली माैलिकतापनलाइ झल्काउने खालकाे माया प्रेममा सम्बन्धित झ्याउरे तालमा “झिल्के माया” बाेलकाे गीत सार्वजनिक गरिएकाे हाे । गीतको शब्द नवराज पन्तले लेखेका छन् । पन्त नेपाली लोकदोहोरीमै सर्वाधिक चर्चित गीत ‘सालको पात टपरी’काे पनि शब्द सिर्जनाकार पनि हुन् ।
गीतकाे संगीत खेम सेन्चुरीले भरेका छन् भने उनकै युटुव च्यानलबाट गीतलाइ सार्वजनिक गरिएकाे छ । गीतकाे म्युजिक भिडियाेमा शिव बिकको निर्देशनमा खेम सेन्चुरी र टीका सानुले अभिनय गरेका छन् ।
प्रवीण भट्टको सम्पादन भिडियाेलाइ करण चैसियरले छाँयाकंन गरेका छन् ।
हेर्नुहाेस् भिडियाे