• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

‘वास्तवमा केपी ओली कम्युनिस्टबाट पलायन भएका कायर हुन’


  • मदन चन्द

नेपालको आजको मुख्य समस्या वा चुनौती के हो ? केपि ओलिको सामाजिक दलाल पुँजिबाद कि नेत्रबिक्रम चन्द (विप्लव)ले अधुरो नेपाली क्रान्ति पूरा गर्न अगाडि सारेको एकीकृत जनक्रान्ति र बैज्ञानिक समाजबाद ?

नेपाल र नेपालीको प्रगतीको बाधक बिध्यमान दलाल राज्य हो या क्रान्ति ? आजको मुख्य समस्या भनेको बर्तमान दलाल पुँजिबादी राज्य नै हो, यहि ब्यबस्था देश र जनताको प्रगती र परिवर्तनको बाधक होस् शान्ती, विकास, समृद्धि र समाजबादको अबरोधक हो ।

तर अहिलेको शासक वर्गका एक–एक कट्टर प्रतिनिधि आफ्नैपन भएका केपि ओली भने यथार्थ मान्न तयार छैनन् । बरु उनि अहिले भन्दैछन्ः सबै कुरा यहि ब्यबस्था र संविधानमा सम्भब छ । शान्ती र सुब्यबस्था कायम गरिनेछ, यो ब्यबस्थाको रक्षा गरिनेछ यो ब्यबस्थाको कुनै पनि बिरोध गर्न पाइने छैन् ।

यदि बिरोध भएपछि पनि दबाइनेछ । यो त स्पष्ट फाँसीबादी बिचार हो । प्रधानमन्त्री केपीले देशमा राजनीतिक समस्या नै नभएको दाबी गर्दै नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई राजनीतिक पार्टी नमान्ने संकेत गरेका छन् ।

ब्यक्तिगत निहित स्वार्थ पूरा गर्न हिंसा गर्न चाहने अपराधीक समुहको रुपमा नेकपालाई परिभाषित गर्दै पार्टी माथिनै प्रतिबन्ध गर्ने दुस्साहस गर्दैछन् । भने अर्को देशलाई टुक्य्राउनु पर्छ भन्ने पृथकताबादी सिके रावतसंग हातेमालो गर्ने केपी ओली यसरी सामाजिक फाँसीबादको अभ्यास गर्ने तयारी भइरहेको छ । अहिलेको केपी ओली सरकार फाँसीबादी दिशामा गएको छ ।

कारणहरुः विश्व पुँजिबाद तथा साम्राज्यवादले नेपालमा कम्युनिस्टप्रतिको आकर्षण बारे लामो समयदेखि अध्ययन गर्दै आएको छन् र कम्युनिस्टको बदनाम गरेर वितृष्णा र विकर्षण पैदा गराउने रणनीति अख्तियार गर्दै आएको छ । यसमा आइएनजिओ र एनजिओ मुख्य रुपले कृयाशिल रहेका छन् ।

त्यसैले अहिलेको साम्राज्यवादले कम्युनिस्टको नाममा अनि शान्ती, समृद्धि, राष्ट्रबाद र समाजबादको नाममा देश र जनताको विरुद्ध केपीलाई फाँसीबादी अपराध गर्न उक्साइरहेको छ भने प्रचण्ड उर्फ पिकेलाई साथ दिन निर्देशित गरिरहेको छ । नेपालका आन्तरिक राजनीतिक अन्तरबिरोध सामान्य सुधारले हल हुने ठाउँमा छैन ।

न त बैचारिक राजनीतिक मन्थनले नै हल हुने ठाउँमा छ ? किनकी नयाँ राज्य, कम्युनिस्ट सरकार, शान्ती, समृद्धि, कथित राष्ट्रवाद र समाजबादको नाराले आम जनतालाई एक हदसम्म भ्रम परेको छ । तर यसबारे जो स्पष्ट छन, तिनीहरु बोल्न हिम्मत गर्दैन्न । जसले बिल्ने साहस गर्दछन्, उनलाई अपराधी करार वा प्रतिबन्ध गरिन्छ ।

यो अन्यौलता र अंतर्विरोधको स्थितिमा केपी ओलीले बन्दुक अगाडि सारेर बलद्दारा बिरोधि बिचारलाई निषेध गर्न उपयुक्त अबसर ठानेका छन् । केपी ओलीको आफ्नोपन वा अस्तित्वको प्रश्नसंग पनि जोडिएको छ । वास्तवमा केपी ओली कम्युनिस्ट क्रान्तिबाट बिचलित र भयभित भएर पलायन भएका कायर हुन, तर यो सत्य त यिनले स्वीकार्न सक्दैनन् ।

बरु इतिहासमा संसारका कम्युनिस्ट समाजबादी आन्दोलनबाट पलायन भएका गद्दार (जर्मनका सिदेमान र नेपालका प्रचण्ड उर्फ पिके) ले झैँ क्रान्तिकारीहरुको कत्लेआम गरेर बहादुरिता प्रदर्शन गर्न चाहन्छन् । यसरी अहिले जनताको न्यायपुर्ण आवाजलाई दमन गरेर फाँसीबादको अभ्यासद्दारा क्रान्तिको निषेध गर्न केपी ओली कमान्डरको भुमिकामा छन् भने प्रचण्ड उर्फ पिके कमिसारको भुमिकामा आमन्त्रण गरिरहेका छन् ।

अन्त्यमा, वर्तमान कथित संघिय संसदीय दलाल पुँजिबादी ब्यबस्था रहेसम्म देश र जनताको मुक्ति र समृद्धि सम्भब नै छैन् । जहाँसम्म केपी ओलीको केही न केही गरेर छोड्ने सुर छ, त्यो शान्ती, समृद्धि, राष्ट्रवाद, समाजबादको नाममा सामाजिक दलाल पुँजिबाद र फासिबादको अभ्यास गर्ने हो ।

अहिले देखिएको नेतृत्वको संकटको समाधान सामाजिक दलाल पुँजिबाद र फाँसीबादले गर्न सक्दैन् र गर्न खोजे पनि गर्न दिनु हुदैन् । तत्काललाई यो देशको नेतृत्व संकटलाई केपी ओलीको उखान टुक्का भरमा हामी बिबश छौँ तर यस्तो स्थिति धेरै दिन रहदैन् र क्रान्ती अनिवार्य बनेर आउनेछ । जो नयाँ एकीकृत जनक्रान्ति हुनेछ अनि क्रान्तिको सम्पनता र बैज्ञानिक समाजबादको स्थापनाले सामाजिक दलाल पुँजिबादलाई बिस्थापित गर्ने छ ।

लेखक चन्द विप्लव निकट अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा बाँके जिल्ला अध्यक्ष हुन्

प्रकाशित मिती २०७५ बैशाख ३ गते

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार