• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

आयोगमा पास भएका शिक्षकहरुलाई सल्यानमा बधाई तथा सम्मान


बैशाख ३, सल्यान ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सल्यानले जिल्लाबाट शिक्षकसेवा अयोगमा उतिर्ण हुने शिक्षकहरूलाइ सम्मान तथा बधाइ कार्यक्रम राखेर सम्मान गरेको छ ।

संगठनका पुर्व केन्द्रिय अध्यक्ष रत्न बहादुर वलीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उतिर्णा हुने जिल्ला भरका ६१ जना शिक्षकलाइ सम्मान गरिएको हो । सम्मान भएपछि अन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनेका शिक्षकहरूले खुशि हुदै संगठनलाइ धन्यवाद दिएको संगठनका सचिव हिरालाल नेपालीले जानकारी दिए ।

उनिहरूले अव झनै दत्तिचित्तका साथ काम गर्ने प्रतिवद्धता पनि राखेका थिए । कार्यक्रममा संगठनका महासचिव निम बहादुर केसी, केन्द्रिय सदस्यहरू टेकराज डिसी, मोहनलाल बुढाथोकी, उमेश बुढाथोकी लगायतको अतिथ्यता रहेको थियो ।

संगठनका अध्यक्ष रोमहर्ष खड्काको अध्यक्षामा भएको कार्यक्रमको संचालन सचिव हिरालाल नेपाली र स्वागत मन्तव्य पुर्ण भण्डारी पंकजले राखेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार