• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पहिलोपटक खुल्यो ड्राइभिङ सेन्टर


बैशाख ४, सल्यान ।

सल्यानमा पहिलोपटक सवारी चालकको लागी ड्राइभिङ सेन्टर खुलेको छ ।

जिल्लाको बागचौर नगरपालिकाको बागचौर बजारमा शारदा ड्राइभिङ सेन्टर खुलेको हो । ड्राइभिङ सेन्टरको उद्घाटन बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले गरेका हुन् ।

ड्राइभिङ सेन्टरमा स्कुटर, मोटरसाइकल, कार, जिप जस्ता मझौला खालका सवारी साधन चलाउन सिकाइने संचालक जनक घर्तिले लेकाली अनलाइनलाई बताए । उनले यो नै सल्यानमा पहिलो ड्राइभिङ सेन्टर भएकाले अब छिटै श्रीनगरमा शाखा विस्तार गरिने बताए ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार