• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

मालपोत कार्यालय तुलसीपुरमा सुचारु भएको अनलाईन सेवा प्रति ,कानून व्यवसायीको आपत्ती


पूर्ण के.सी. बैशाख ४ दाङ । मालपोत कार्यालय तुलसीपुरमा अनलाईन सेवा शुरु भएको छ । आज भूमि ब्यबस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दुवाडीले अनलाईन सेवाको उद्घाटन गरेका हुन् ।

५६ औं शाखाका रुपमा उक्त कार्यालयमा अनलाईन सेवा शुरु गरिएको दुवाडीले बताए । कम्प्युटर प्रणाली शुरु भएसंगै सुरक्षित र सहज कारोबार हुने दुवाडीको भनाई छ ।‘

यसैविच, मालपोत कार्यालय तुलसीपुरमा आजदेखि सुरु भएको अनलाइन सेवाप्रति नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरले आपत्ती जनाएको छ ।

समितिका अध्यक्ष हरीलाल पौडेल द्धारा जारी विज्ञप्तीमा लेखापढी व्यवसायीसंग कुनै छलफल तथा परामर्श नगरी भौतिक पूर्वाधार र दक्ष जनशक्तिविना अनलाइन सेवामा जानु आपत्ती जनक भएको भन्दै विरोध गरिएको छ । अनलाइनका नाममा जनतालाई सास्ती दिने र ढीलासुस्ती गर्ने कार्य हो, पौडेल द्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार