• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान ‘शारदा नदिको फाँट’मा गहुँ पाकेर पहेलपुर देखिएको फोटो फिचर


बैशाख ४, सल्यान ।

सल्यानमा समथर बेशी फाँटहरुमा यतिखेर गहुँ पाकेर पहेलपुर देखिन्छन् ।

मध्यपहाडी जिल्लामा पर्ने सल्यान समुन्द्री सतहबाट ३ सय मिटर देखि २८ सय मिटरको उचाईमा अवस्थीत छ । यहाँ थुप्रै खोला किनार तथा नदिका फाँटहरुमा उब्जाउ जमिन छन् ।

पश्चिम क्षेत्रमा पर्ने भेरी नदिको किनारका फाँटहरु, बिचमा शारदा नदि किनारका फाँटहरु, दार्मा खोला, मर्म खोला, सल्लेखोला, दहखोला, बनगाड खोला, भिम्पे खोला लगाएतका खोलाका किनारहरुमा ठुला फाँटहरु रहेका छन् । यी फाँटहरु धान र गहुँ खेतीको लागी प्रयोगमा आएका छन् ।

यी फाँटमा थोरै मात्रामा तरकारी उत्पादन गरिएपनि अधिकांसमा धान र गहुँनै उत्पादन गरिन्छ । असार–साउनमा धान रोपेर असोज–कार्तिकमा घर भित्र्याइन्छ भने कार्तिक–मंसिरमा गहुँ रोपेर बैशाख–जेठमा घर भित्र्याइन्छ ।

अहिले गहुँ भित्र्याउने समय भएको छ । र ती फाँटहरुमा गहुँ पाकेर पहेलपुर देखिएका छन् । हामी तपाईलाई यसपटक शारदा नदिको फाँटमा श्रीनगर नजिकै रहेको जोगिदेउखोलामा गुहँ पाकेर पहेलपुरे देखिएको तस्बिर देखाउछौँ ।

 

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार