• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

विप्लव नेकपाकाे नेपाल बन्दमा अत्यावश्यक यी सवारी साधनहरु चल्न पाउने !


बैशाख ४, काठमाण्डौँ ।

विप्लव नेतृत्वको प्रतिबन्धीत दल नेकपाले आह्वान गरेको बैशाख ५ गतेको नेपाल बन्दलाई सफल पार्न भन्दै सो पार्टीले सार्वजनिक विज्ञप्तीमार्फत अपिल गरेको छ ।

सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धका विरुद्ध सशक्त रुपमा प्रतिरोध गर्ने भन्दै पार्टीले बिहीबार नेपाल बन्दको अयोजना गरेको हो । सो क्रममा सवारी साधन, शैक्षिक संस्था, उद्योग, बजार, कलकारखाना लगाएत बन्द हुने नेकपाले जनाएको छ ।

तर बन्दको दिन भने अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, दमकल, शववाहन, कुटनैतिक नियोग, पत्रकार, दुध, पानी र विवाहको सवारी चल्न दिने नेकपाले जनाएको छ । त्यस्तै अस्पताल पनि खुल्ला हुने नेकपाका एक नेताले बताए ।

गत चैत २५ गते नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ती जारी गर्दै पार्टी प्रतिबन्ध र पक्राउ परेका नेताको बिरोधमा बैशाख ५ गते नेपाल बन्दको घोषना गरेका हुन् । विज्ञप्तिमा प्रधानमन्त्री पुग्ने देशका प्रत्यक ठाउँमा चैत ६ गतेदेखि बन्द गर्ने चेतावनी दिइएको छ ।

यसैबिच नेपाल बन्दको पूर्व सन्ध्यामा बुधबार देशका विभिन्न ठाउँमा मसाल जुलुस बलेका छन् । नेकपाले नेपाल बन्दलाई सफल पार्न मसाल जुलुस बालेको बताइएको छ ।

पश्चिममा कपिलवस्तु, दाङ, रोल्पा, सल्यान, कैलाली, कालिकोट, पुर्वमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगाएत अन्य जिल्लाहरुमा मसाल जुलुस बलेको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार