• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीकाे गृह जिल्लामै विप्लव नेकपाकाे नारा जुलुस (भिडियाे सहित)


बैशाख ४, काठमाण्डाैँ ।

विप्लव नेतृत्वकाे नेकपाले बैशाख ५ गते आह्वान गरेको नेकपाले बन्दको पुर्व सन्ध्यामा देशभर मसाल जुलुस गरेको छ ।

बुधबार साँझ रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा, सल्यान, कैलाली, कन्चनपुर, कालिकोट, पुर्वमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगाएत अन्य जिल्लाहरुमा नेकपाका नेता-कार्यकर्ताहरुले मसाल जुलुस गरेका छन् । नेकपाको पुर्वि कमान्ड अन्तर्गत झापाको १५ वटै निकायमा नेकपाका नेता कार्यकर्ताले नाराबाजी सहितको मसाल जुलुस गरेका छन् । जसकाे भिडियाे पनि सार्वनजिक भएकाे छ ।

याे जिल्ला प्रधानमन्त्री केपी ओलीकाे गृह जिल्ला हाे । प्रधानमन्त्रीकै गृह जिल्लामा विप्लवका कार्यकर्ताले नेपाल बन्द सफल पाराैँ भन्दै नाराबाजी सहित जुलस गरेका हुन् । झापाको मेचिनगर, भद्रपुर, दमक, विर्तामोड, बुद्दशान्ति, शनिश्चरेलगायतका विभिन्न क्षेत्रमा नेकपाले ओली सरकारको तीव्र आलोचना समेत गरेका छन् ।

मसाल जुलुसमा उपस्थित नेता-कार्यकर्ताले केपी ओली – मुर्दावाद ! गृहमन्त्री बादल – राजिनामा दे ! दलाल सरकार – मुर्दावाद ! दलाल संसदीय व्यवस्था – मुर्दावाद ! एकीकृत जनक्रान्ति – जिन्दावाद !  वैज्ञानिक समाजवाद – जिन्दावाद ! लगाएतका नारा लगाएका थिए ।

आक्रोशित नेकपाका नेता कार्यकर्ताले मसाल जुलुस पश्चात कोणशभा गर्दै दलाल राज्य सत्ताको अन्त्य र गरिब, मजदुर, सुकुम्बासीलगायत समस्त नेपाली जनताको भविष्य सुनिश्चित गर्नको लागि आफुहरु प्रतिबन्धको प्रतिकार गर्न तयार रहेको बताएका छन् ।


झापामा भएकाे जुलुसकाे भिडियाे

काठमाण्डाैँ उपत्यकाको विभिन्न ठाउँमा पनि नेकपाले मसाल जुलुस निकालेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौंले जिल्लाको नयाँ बजारमा मसाल जुलुस निकालेको छ । काठमाडौँकै गोकर्णेश्वर नगरपालिकामा पनि मसाल जुलुस निकालेको छ ।

त्यस्तै नेकपा भक्तपुरले जिल्लाको लोकन्थलीमा मसाल जुलुस निकालेको छ । बन्दकै पुर्बसन्ध्यामा रुपन्देहीको कन्चन, देवदह, सैनामैना, ओमसतिया र लुम्बिनीमा मसाल जुलुस निकाल्दै भोलि हुने बन्दको लागि सहयोग गर्न अपिल गरिएको नेकपाका जिल्ला सेक्रेटरी अमरले जानकारी दिए । कपिलवस्तुको वाणगङ्गा-३, शिवराज-१ शिवपुर, बुद्धभुमीको डुमरा र बाण्गङा को बभनी चोकमा मसाल जुलुस भएकाे छ ।

नवलपुरमा प्रहरीले बुधबार राति करिब ९ बजेको समयमा राके जसलुस गर्ने क्रममा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य मध्यविन्दु ११का पुरूषोतम रेग्मीलाई गिरफ्तार गरेको बताएको छ ।

नेपाल बन्दका क्रममा सवारी साधन, शैक्षिक संस्था, उद्योग, बजार, कलकारखाना लगाएत बन्द हुने नेकपाले जनाएको छ । तर बन्दको दिन भने अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, दमकल, शववाहन, कुटनैतिक नियोग, पत्रकार, दुध, पानी र विवाहको सवारी चल्न दिने नेकपाले जनाएको छ । त्यस्तै अस्पताल पनि खुल्ला हुने नेकपाका एक नेताले बताए ।

वैशाख ५ गतेकाे नेपाल बन्द कार्यक्रमलाई सफल पार्न सम्पूर्ण यातायात व्यवसायी, उद्योगी, व्यापारी, मजदुर, बुद्धिजीवी लगायत सम्पूर्ण आम जनसमुदायमा सहयोग गरिदिन अपिल गरेको छ । प्रतिबन्ध तत्काल हटाउन र गिरफ्तार नेताकार्यकर्ताहरुलाई ससम्मान विना सर्त रिहाइ नगरिए बैशाख ६ गतेबाट केपि ओलिका कार्यक्रममा प्रतिबन्ध गर्ने नेकपाले चेतावनी दिएको छ ।

यसअघि नै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित चरणबद्ध संघर्षका कार्यक्रम घाेषणा गरिएको थियो ।

यस्ताे छ विज्ञप्तिको पूर्णपाठ-

नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा “एउटा मजाक”को प्रतिनिधि केपी ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रममाथि गत फाल्गुण २८ गते राती अंकुश लगाउने निर्णय ग¥यो ।

त्यसपछि लगतै ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्याद भित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिने छ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ ।

जसको परिणाम कपिलवस्तु शिवपुर निवासि दुर्गाबहादुर रोकाको राती ३ बजे घर घेरा हाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते बनाइयो । काभ्रेको काफल डाँडामा युवा कार्यक्रर्तामाथि गोली चलाएर गिरफ्तार ग¥यो । बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य क. सुदर्शन सहित ९ जनालाई गिरफ्तार ग¥यो ।

फाल्गुण २८ गते पछि देशै भरी नेता र कार्यकर्ता गरी दर्जनौँको संख्यामा गिरफ्तारी गरि गरिसकेको छ । घरमा सुतिराखेका जनता, पार्टी काम खटिराखेका नेता र कार्यक्रतालाई गिरफ्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम छ । गाउँमा सुरक्षा निकायको अप्रेशनको आतंक छ ।

ओली सरकार र रामबहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फासीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।

नेतृत्वको गद्दारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिले देशमा जुन राजनैतिक परिस्थिति सृजना भएको छ र उपलब्धीहरु हासिल भएका छन् त्यो १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएका छन् । यो नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य हो ।

०६२/०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थालेपछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट जन्मेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी हो ।

यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका बाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ ।

परोक्त उद्देश्यको निम्ति आफ्नो स्थापनाकाल देखि हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा छ । यो आफ्नो द्येयमा तीव्रगतिमा अगाडि बढिराखेको छ ।

०२८ सालको झापा विद्रोहका जनताका हतियार कोसी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसँग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२/०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ ।

त्यसमा पिके दाहाल पनि सति गएका छन् । यो गिरोह दलाल पुँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ ।

यस बाट पुराका पुरा सर्तक रहन देशभक्त एवं परिवर्तनकामी राजनैतिक शक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ । नेपाल कम्युनिस्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाइराखेको पार्टी हो ।

इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ । नेपाल राष्ट्र र नेपाली जनताको यो हवीगत बनाउने दलाल पुँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फासीवादी दमनको नेपाली जनता सहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ ।

त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी–पिके गिरोह र ओली सरकार हुने छ । हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।

अतः जन क्रान्ति र नेपाली जनतामाथीको ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सकृय सहभागीताको विशेष अनुरोध गर्दछौँ ।

 

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार