• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

पत्रकारलाई पक्राउ गर्नेक्रम बढेकोमा नेपाल पत्रकार महासंघ आन्दोलित


बैशाख ४, काठमाण्डाैँ ।

सरकारले पत्रकारहरुलाई गिरफ्तार गर्नेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजाल मार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने जनाइएको छ ।

घोषित कार्यक्रम अुनसार भोली बैशाख ५ गते विहान ९ः३० देखी १०ः३० सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र ५ गते नै केन्द्रीय समितिले गृहमन्त्रात्रालय र संचार मन्त्रालय मार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यसपछिका आन्दोलनका कार्यक्रम तय गर्न भोली नै केन्द्रीय समितिको उपलब्ध बैठक बस्ने जनाइएको छ ।

महासुचिव विष्टले पत्रकार महासंघको आन्दोलनमा सहभागिता, समर्थन र ऐक्यवद्धताका लागि आग्रह समेत गरेका छन् । केहीदिन देखि सरकारले धेरै पत्रकारहरुलाई विप्लव नेकपा निकटका समाचार संप्रशन गरको तथा सत्य त्थका आधारमा नै समाचार लेख्दा पनि गिरफ्तार गर्ने र दुःख दिने कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार