• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

बन्दको अवज्ञा गरेको भन्दै काठमाडाैं जाँदै गरेकाे भारतीय ट्रकमा आगजनी


बैशाख ५, नवलपुर ।

सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबारका लागि आह्वान गरेको नेपालबन्दको प्रभाव काठमाडौँ उपत्यका सहित देशभरी परेको छ।

नेकपाले प्रहरीले विनाकारण पक्राउ गरेका आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित सबैलाई रिहाइ र पार्टीमाथिको प्रतिबन्द फुकुवाको माग गर्दै बिहीबार नेपाल बन्दको आह्वान गरेको थियो । राजधानीमा सार्वजनिक सवारी साधन केहि मात्रामा चलेपनि राजधानी बाहिरिने र भित्रिने लामाे तथा छाेटाे दुरीका सवारी साधन ठप्प भएका थिए ।

त्यस्तै राजधानी बाहिरका जिल्लाहरुमा पनि सवारी साधन, शैक्षिक संस्था, कलकारखाना, उद्याेग, बजार बन्द भएका भएका थिए । साँझ ५ बजेदेखि बन्द खुलेसँगै जनजिवन सामान्य बनेकाे छ ।

बन्दको अवज्ञा गरेको भन्दै नवलपुरमा एक भारतीय ट्रकमा आगजनी भएकाे छ । भारतको गुजरातबाट काठमाडौँ आउँदै गरेको आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा बन्दकर्ताले आगजनी गरेकाे बताइएकाे छ ।

बन्दकर्ताले जंगलको बाटो पारेर सो ट्रकमा आगजनी गरे पनि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रमा लिएको थियो। आगलागीबाट ट्रकको अधिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार