• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

महासंघले “कसैलाई काखा, कसैलाई पाखा” गरेकाे भन्दै जनपत्रकार नेताहरुकाे आक्राेश


बैशाख ५, काठमाडौं ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय नेताहरूले नेपाल पत्रकार महासंघको कार्यशैली प्रति कडा आक्रोस पोखेका छन ।

पत्रकार महासंघले पत्रकारहरुलाइ हेर्ने र संरक्षण गर्ने सवालमा कसैलाई काख कसैलाई पाखा गरेको जनाउदै आक्रोस पोखेका हुन् । पछिल्लो समय राज्यले पत्रकारहरुलाई निशाना बनाउदै संबिधान बिपरित गिराफ्तार गर्ने कार्य गरेपछि उनीहरुको हकहित र संरक्षणका लागि पत्रकार महासंघले पक्राउ पत्रकारहरुलाई संरक्षण गर्न एउटै ब्यबहार नगरेको भन्दै जनपत्रकार संगठन आबद्द पत्रकारहरुले महासंघ साझा बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनिहरुले पक्राउ परेका पत्रकारहरुकाे रिहाइका लागी गरेकाे पहललाइ धन्यवाद दिदै आस्थाका हिसाबले गरेकाे काखा पाखाकाे बिराेध गरेका छन् । यतिबेला पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरीको गिरफ्तारीलाई लिएर देशभर पत्रकार महासंघ आन्दोलित भएका थिए । उनि सत्तारुढ गल पुर्व एमाले निकट प्रेस चाैतारी कास्कीका सचिव हुन् ।

यहि बिषयलाइ लिएर जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले विचार र आस्थाका हिसाबले जनपत्रकार संगठनमा संगठित पत्रकारहरुको गिरफ्तारीमा पत्रकार महासंघ मौन बसेको भन्दै आक्रोश पोखेका छन् । यद्वी उनले प्रहरीले पत्रकार गिरीलाइ पक्राउ गरेकाेप्रति पनि कडा बिराेध पनि गरेका छन् ।

तर उनले सबै पत्रकारहरुलाई बराबरी आँखाले हेर्न पत्रकार महासंघलाइ अनुरोध गर्दै भनेका छन्, ‘हामी विचार र आस्थाकै कारण पत्रकार गिरफ्तार गर्ने कार्य तत्काल बन्द गर्न र महासंघले पनि सबै पत्रकारहरुलाई बराबरी आँखाले हेर्न समेत अनुरोध गर्न चाहान्छौं ।’ उनले थप लेखेका छन् – “सायद राजु बस्नेत, गोपाल चन्द र गणेश विकको गिरफ्तारीमा यसै गरि हामी सबै सडकमा आएकाे भए अर्जुन गिरीको हातमा हत्कडि लाग्ने थिएन् । प्रेस विरोधी हर्कत बन्द गर ।”

यस्ताे छ उनकाे फेसबुक स्टाटस

त्यसैगरी जनपत्रकार संगठनका सदस्यहरू प्रेस काउन्सिलको नियमन अधिकारलाइ मिचेर प्रहरीद्वारा प्रकाउगर्दा उक्त बिषयलाइ पटक पटक स्मरण गराउदा केवल बिज्ञप्ति द्वारा बिरोध बाहेक अन्य कदम प्रति मौन रहेको भन्दै जनपत्रकार संगठनका केन्द्रिय महासचिव हिम बिष्टले समेत असन्तुष्टि पोखेका छन् ।

उनले लेखेका छन्- “समाचार लेखेकै कारण तथा विचार र आस्था राखेकै आधारमा जनपत्रकार संगठन,नेपालका काठमाडौं संयाेजक जितेन्द्र महर्जन अहिले पनि प्रहरी हिरासतमा छन् । जनपत्रकार संगठनका सदस्यहरू गाेपाल चन्द, केबी गुरूङ, गणेश विक, कर्ण विक लगायत अझै पनि तारेख धाइरहेका छन् । हामीले यस विषयमा पटक पटक स्मरण गरायाैं । `अरूकाे खाेरकाे बाख्रा खाने बाघले अाफ्नाे खाेरकाे बाख्रा बाँकी राख्ने छैन´ भन्ने ध्यान पत्रकार साथीहरूकाे पुगेन ।”

यस्ताे छ उनकाे फेसबुक स्टाटस

संगठनका सचिव सिर्जना तिमल्सीनाले गिरी जस्तै मुद्दामा आफ्नाे संगठनमा आवद्द पत्रकारहरु पक्राउ पर्दा महासंघलाइ आग्रह गरेपछि विज्ञप्ती निकाल्ने गरेकाे आराेप लगाएकी छन् । उनले विज्ञप्ती बाहेक महासंघले ठाेस निर्णय लिन नसकेकाे बताइन् ।

उनले लेखेकी छन्- “पत्रकार अर्जुन गिरीको रिहाइमा पत्रकार महासंघले खेलेको भूमिका र विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग राखेर सुरु भएको आन्दोलन स्वागतयोग्य र महासंघ छ भन्ने अनुभुती गराएको देखियो तर महासंघ भएको अनुभुती गिरीले मात्रै होइन महर्जनहरुले पनि गर्न पाउनुपर्छ भन्ने हाम्रो जोड हो ।”

यस्ताे छ उनकाे फेसबुक स्टाटस

त्यस्तै संगठनका केन्द्रीय सदस्य एवम् गण्डक ईन्चार्ज ओम हमालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासंघको कार्यशैली विभेदपूर्ण रहेको टिप्पणी गरेका छन् । उनले पत्रकार गिरी रिहाइ भएकाे स्वागतयाेग्य भएकाे तर अन्य पत्रकारहरुलाइ महासंघले हेरेकाे दृष्ट्रिकाेण फरक भएकाे आराेप लगाएका छन् ।

उनले लेखेका छन्- “समाचार लेखेकै कारण पत्रकार अर्जुन गिरी विद्युतीय अपराध ऐन अन्तरगत मुद्दामा पक्राउ गरिएकाेमा अदालतकाे अादेशले साधारण तारेखमा रिहा भएका छन्, जुन स्वागतयोग्य छ । तर त्यही समाचार लेखेकै र राजनीतिक अास्था राखेकैकारण पत्रकार जितेन्द्र महर्जन अहिले पनि प्रहरी हिरासतमा छन् । पत्रकार गाेपाल चन्द, केबी गुरूङ, गणेश विक, कर्ण विकहरू लगायत अझै पनि प्रहरी-प्रशासनमा तारेख धाइरहेका छन् ।”

यस्ताे छ उनकाे स्टाटस

यस अगाडि गिरफ्तार परेका पत्रकारहरु गोपाल चन्द, गणेश विक र कर्ण विश्वकर्माको गिरफ्तारीमा महासंघ विज्ञप्ति मात्रै जारी गरेको थियोे । जनपत्रकार संगठन नेपाल विप्लव निकट पत्रकार संगठन हाे ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार