• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा निशुल्क मुटु रोग जाँच शिविर हुने, काठमाण्डाैंबाट वरिष्ठ डाक्टरहरु आउने


बैशाख ६, सल्यान ।

मुटु मानिसको महत्वपर्ण चिज हो । जव मुटु रहन्छ अनी मानिस रहन्छ । मुटुले नै काम गरेन भने शरिर मान्छेको निर्जिव चिज जस्तै हो । त्यहि मुटुको हिफाजत मान्छेले हरेक समयमा जाँच गर्न जरूरी छ । मान्छेहरू मुटुकै धड्कन रहदा सम्म मान्छे हुन्छन ।

यहि अवश्यकतालाइ मध्येनजर गर्दै सल्यान खलंगामा बैशाख १७ गतेकाे दिन बिहान ७ बजे देखि मुटु रोग उपचार शिबीर शुभारम्भ हुदैछ । काठमाण्डाैँकाे गङ्गालाल हृदय केन्द्रका बरिष्ट डाक्टरहरुबाट उपचार गरिने शिबीरमा सम्मान फाउण्डेशनले पनि सहयोग गरेको छ भने सल्यान उत्थान परिषद्को सकृयता रहनेछ ।

शिविरबाट काठमाडौं गएर महङ्गो उपचार गर्न नसक्ने बिरामीहरुले फाईदा उठाउन सक्नेछन भने सल्यानमै उपचार हुने अबस्थाको बिरामीलाई यहि निशुल्क उपचार हुनुका साथै गम्भीर प्रकारको बिरामीको काठमाडौं लिएर निशुल्क उपचार गरिने छ ।

शिबीरमा आउने बिरामीले पहिले उपचार गराई रहनु भएको छ भने आफु सङ्ग भएका सबै कागज पत्र साथमा लिएर आउनुहोला र बिद्यार्थी बिरामीलाई उपचारका साथै पठन पाठनका लागि आर्थिक सहयोग पनि उपलब्ध गराईने छ ।

विस्तृत जानकारीका लागि ९८६९५९६६६६ मा फोन गरेर पुर्व सांसद नेत्रलाल श्रेष्ठसंग सम्पर्क राख्न सकिनेछ । राप्रपाका सल्यान अध्यक्ष समेत रहेका श्रेष्ठले परोपकारी कार्यका लागि गङ्गलाल हृदय केन्द्र, सम्मान फाउण्डेशन र समाजसेबी राजेश्वर कार्कीलाई धन्यवाद दिएका छन ।

उनले शिविरका लागि राजनैतिक दल, सरकारी तथा गैह्र सरकारी सस्थाका साथै पत्रकारलाइ बिचार र पेशाबाट माथि उठेर मुटूका बिरामीसम्म खबर पुग्नेगरी प्रचार प्रसारका लागि अनुरोध गरेका छन

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार