• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

विप्लव नेकपाका केन्द्रीय सदस्य आदर्श र असल क्षेत्रीसहित ३ जना गिरफ्तार


बैशाख ६, सल्यान ।

विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य सहित ३ जनालाई प्रहरीले गिरफ्तार गरको छ ।

रोल्पा घर भएका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र सल्यान घर भएका केन्द्रीय सदस्य चन्द्र प्रकाश खड्का ‘असल क्षेत्री’लाई प्रहरीले दाङबाट गिरफ्तार गरेको जनाइएको छ । उनि सँगै राेल्पाका स्थानीय नेता लाल बहादुर ओली पनि पक्राउ परेको श्राेतले बताएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूलाई स्कारपियो गाडीसहित पक्राउ गरिएको हो । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ

असल यसअघि पनि पक्राउ परेका नेता हुन् भने उनलाई अदालतले रिहा गरेको थियो । उनकाे दार्मा गाउँपालिकामा घर पर्दछ ।

रोल्पाको गंगादेव गाउँपालिका ३ झ्याम घर भएका चुडामणी माओवादी आन्दोलनका पुराना नेता हुन् । लालबहादुर ओली पनि उनकै माइला भाइ हुन् ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार