• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको थारमारेमा बृहत व्यापारिक तथा सांस्कृतीक महोत्सवको उद्घाटन


बैशाख ६, सल्यान ।

सल्यानको थारमारेमा बृहत व्यापारिक तथा सांस्कृतीक महोत्सवको उद्घाटन गरिएको छ ।

युनिर्भस युथ क्लवको आयोजनामा संचालन हुने महोत्सवको शुक्रबार बागचौरका मेयर लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । उद्घाटन कार्याक्रममा बोल्दै मेयर बुढाथोकीले मौलिक सांस्कृतीमा बोगचौर नगरपालिका सधै लागिपर्ने बताएका छन् ।

उनले आफ्नो गाउँ ठाउँको मौलिक सांस्कृतीलाई बचाउनुपर्ने भन्दै त्यसका लागी बागचौर नगरपालिकाले विषेश भुमिका खेल्ने बताए । नगरभित्रका १२ वटा वडामै एक–एक वटा पंचेबाजाको टिम बनाउने मेयर बुढाथोकीले उद्घोष गरेका छन् ।

त्यसको लागी नगरपालिकाले बजेट तर्जुमा गर्ने समेत उनको दाबी छ । उनले भने– “हामीले विस्तारै हाम्रो सांस्कृती बिर्सीन थालिउँ, अब सांस्कृतीक क्षेत्रबाट नमुना बागचौर बनाउन हामी लागिपर्छौँ ।”

क्लव अध्यक्ष मदन बस्नेतको सभाअध्यक्षामा भएको कार्यक्रममा सदस्य तुफान ओलीले स्वगत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन बिरेन्द्र डि.सी.ले गरेका थिए ।

शुक्रबारदेखि सुरु भएको महोत्सव बैशाख १५ गतेसम्म संचालन हुने कार्याक्रम संयोजक अनिमेश केसीले बताए । महोत्सवमा शुक्रबार लाेक दाेहाेरी गायिका हिमा बाेहाेरा र पप गायक सेर बहादुर डाँगीलेले प्रस्तुती राखेका थिए । सनिबार चर्चित टेलिश्रीङ्खला भद्रगोलका हरि निरौँला ‘कक्रोज’, शागर तम्साल ‘बले’, लोकदोहोरी गायक कृष्ण रेउले लगाएतका कलाकारको प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक प्रदिप बस्नेतले बताए ।

महोत्सवमा अन्य चर्चित कलाकार अन्जु पन्त, कुलेन्द्र विक, टंक बुढाथोकी, जिवन शर्मा, प्रकाश सपुत, कृष्ण रेउले, पुर्णकला विसी, चन्द्र शर्मा, हेमन्त शर्मा, शक्ती चन्द, भागिरथ चलाउने, तिलक ओली, दुर्गेश थापा, भुमिका गिरी लगाएतको प्रस्तुती रहने छ ।

त्यस्तै चर्चित हाँस्य कलाकार कमल गाउँले, हरि निरौँला (कक्रोज), सागर लम्साल (बले), प्रकाश कडेल (गुलेली कान्छा) पनि कार्यक्रममा आउने आयोजकले जनाएको छ । कार्यक्रममा बाल कलाकार असोक दर्जि र ए.आर. बुढाथोकीको समेत प्रस्तुती रहने बताइएको छ ।

त्यसैगरी कार्यक्रममा अन्य थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवलाई सह आयोजना छत्रेश्वरी म्यानेजमेन्ट प्रालि नेपालले गरेको छ ।

महोत्सवका अन्य आकर्षणहरुमा रोटेपिङ, बाल उद्यान, स्थानीय सांस्कृतीक झाँकी, सल्यानमा उत्पादित अर्गानीक बस्तुको स्टल र हरेक दिन लाइभ दोहोरी रहने कार्यक्रम संयोजक अनमेश केसीले बताएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार