• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

दाङमा मन्दिर बनाउने क्रममा खसेर एक ब्यक्तिको मृत्यु


पूर्ण के.सी. बैशाख ७, दाङ । दाङमा भुइँयारथान मन्दिर बनाउने क्रममा खसेर एक ब्यक्तिको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नं. ७ मा रहेको भुइँयार थान मन्दिर निर्माणका गर्ने क्रममा छतबाट खरेर सोही ठाउँको बनगाउ निवासी ५२ बर्षीय भीमबहादुर रावतको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार पाँचबजेतिर छतबाट खसेका उनको स्थानीय मेडिकलमा उपचार पछि घरमा ल्याईएको अबस्थामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार रावतको आज ( शनिबार) बिहान २ बजेतिर सुतिरहेको अबस्थामा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार