• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

तुलसीपुरमा ३ महिने कटाई सिलाई तालिमकाे उद्घाटन


दाङ सम्बादाता, बैशाख ७, दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ काे सहयाेग तथा राप्ती बहिरा संघ, दाङकाे अायाेजनामा वडा नं.१३ मा ३ महिने कटाई सिलाई तालिमको उद्घाटन गरिएको छ ।

राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय कुमार शर्माकाे सभापतितब तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडा अध्यक्ष डम्बरबहादुर न्याैपानेकाे प्रमुख अातिथ्यतामा उक्त कार्यक्रम उद्घाटन भएको थियाे ।कार्यक्रममा बाेल्दै प्मुख अतिथि न्याैपानेले वडा नं. १३ मा रहेका पछाडिपारिएका वर्ग तथा विपन्न परिवार र सिपसिकी अात्मनिर्भर हुन चाहने व्यक्तिहरुलाई विभिन्न किसिमका सिपमुलक तथा अायअार्जनमुलक तालिम एवम् कार्यक्रमहरु सञ्चालन गरेर सक्षम बनाई वडा नं.१३ लाई नमुना वडा बनाउन यस्ता कार्यक्रमहरु बर्सेनि सञ्चालन गर्दै जाने कुरा व्यक्त गर्नु भएको थियाे ।

राप्ती बहिरा संघरदाङका कार्यकारी निर्देशक प्रतिमा शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा सदस्य विनाेद पाण्डे,वडा सदस्य कमला केसी,प्रशिक्षक राधा सापकोटा ,महिला विकास सामाजिक परिचालक नारायणी देवकोटा लगाएतकाले अाफ्नाे मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमकाे सहजिकरण संस्थाका कार्यक्रम संयाेजक देवा डाँगीले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार