• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिदा २ जना घाईते


बैशाख ७, सल्यान ।

सल्यानमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिदा २ जना घाईते भएका छन् ।

शनिबार साँझ श्रीनगरदेखि दाङ जाँदै गरेको रा ४ प ६३९६ को र लुहामबाट श्रीनगर आउदै गरेको रा ४ प ६००४ नम्बरको मोटरसाइकल छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोला माछापोखरीमा एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा परि रा ४ प ६३९६ नम्बरको मोटरसाइकलका चालक दाङ निवासी सिवराज खनाल र रा ४ प ६००४ नम्बरको मोटरसाइकल सवार सल्यान खलंगा निवासी सुशिल प्रधान घाइते भएको इलाका प्रहरी कार्यालय श्रीनगरका हवलदा कृष्ण बहादुर विष्टले लेकाली अनलाइनलाई बताए ।

उनिहरुको श्रीनगर स्थित अधिकारी बन्धु पोलिक्लिनीकमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल प्रहरी नियत्रणमा रहेका प्रहरीले बताएकाे छ । छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार