• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

केन्द्रीय सदस्य ‘असल’ र ‘आदर्श’लाई वडा प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान थालिदै


बैशाख ७, दाङ ।

शुक्रबार पक्राउ परेका विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका २ केन्द्रीय सदस्य सहित तीन जना नेतालाई वडा प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’, अर्का केन्द्रीय सदस्य चूडामनी ओली ‘आदर्श’ र राेल्पा का स्थानीय नेता लालबहादुर ओलीलाई पक्राउ गरेको थियाे । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीबाट पक्राउ परेका तिनै जनालाई वडा प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

गाडीमा सल्यान गईरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए ।

पक्राउ परेका ‘आदर्श’ रोल्पाको गंगादेव गाउँपालिका ३ झ्याम निवासी माओवादी आन्दोलनका पुराना नेता हुन् । उनलाइ गाउँमा विकासप्रेमी नेताकाे रुपमा पनि लिइन्छ ।

भाैगाेलीक हिसावले दुर्गम मानिएकाे राेल्पाकाे पश्चिम क्षेत्रले उनकै पहमा विकासकाे गति लिएकाे स्थानीयहरु बताउछन् । सिंगाे तत्कालिन माओबादी पार्टीकाे बेला उनि राेल्पा जिल्ला सेक्रेटरी भएर काम गरेका थिए । उनि अहिले विप्लव नेकपा पार्टीका न्याय विभाग प्रमुख समेत हुन् । उनिसँगै पक्राउ परेका लालबहादुर ओली पनि उनकै माइला भाइ हुन् ।

त्यस्तै पक्राउ परेका ‘असल’ नेकपाका प्रभावशाली युवा नेता हुन् । सल्यानकाे ढाकाडम घर भएका उनि सहिदका छाेरा हुन् । शसस्त्र जनयुद्वका समयमा उनका बुबालाइ सरकार पक्षले मारेकाे थियाे । उनि जनयुद्वकै समयदेखि माओबादीमा क्रियाशिल नेता हुन् ।

असल यसअघि पनि गिरफ्तार परेका थिए ।  त्यो बेला हिरासतमा यातना दिएर विभिन्न मुद्दामा हैरानी पाएका असललाइ फेरी पक्राउ गरिएको हो ।
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाए यता सयौ नेता कार्यकर्ता गिरफ्तार परेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार