• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

गिरफ्तार नेता-कार्यकर्ता रिहा नभए कडा संघर्षमा उत्रिने विप्लव नेकपाको चेतावनी


बैशाख ७, रोल्पा ।

रोल्पामा आफ्ना नेता तथा कार्यकर्ताहरु प्रहरीद्वारा गिरफ्तारी भएपछि नेपाल कम्युनिष्ट पार्टी रोल्पाले कडा शब्दमा भर्त्सना गरेको छ । रोल्पाका बर्षमान पुनलाई नव धनाढ्यको संज्ञा दिंदै उनकै ठाडो निर्देशनमा रोल्पाका स्थापित कार्यकर्ताहरु माथि धरपकड भएको नेकपा रोल्पाका सेक्रेटरी सन्तोस सुबेदी ‘प्रयास’ले आरोप लगाएका छन् ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जनसरकार प्रमुख सहित ४ जना नेता तथा कार्यकर्ता प्रहरी द्वारा पक्राउ परेपछि सेक्रेटरी प्रयासले बिज्ञप्ति जारिगर्दै तुरुन्त रिहाइ गर्न माग गरेका छन् । पक्राउ पर्नेहरुमा जनसरकार प्रमुख लाल बहादुर ओली ‘बिश्व’, पुराना किसान नेता चित्र बहादुर खड्का ‘गणेश’ र कार्यकर्ताहरु खैराङ्ग महरा र जित बहादुर बिष्ट रहेको जारि बिज्ञप्तिमा उल्लेख छ ।

सुबेदीले चेतावनी दिंदै भनेका छन्, ‘बृय मिस्रित होलिवाइन खाएर, सिकेराउतलाइ अँगालो हाल्नेहरु र कुनै बेला नेपालको सुरक्षा फौजलाई बलात्कारी फौज भन्नेहरुले आज क्रान्तिकारीहरुलाइ निर्ममतापुर्वक दमन गरिरहेका छन् । उनीहरुको पनि छिट्टै अवसान हुनेछ हेक्का रहोस ।’

उनले अगाडी भनेका छन्, ‘यो देशको कालापानी बेचेर खानेहरु, लिपू लेख बेचेर खानेहरु, लिम्पिया धुरा तिनकुर बेचेर खानेहरु बिस्तारै शैपाल हिमाल, जलजला पहाड र चोमो लोङ्गमा बेच्दै छन् । आफ्नो भित्रि मिसन फत्य गर्नको निम्ति क्रान्तिकारीहरु माथि व्यापक धरपकड मचाइ रहेका छन् । अझ रोल्पामा चर्को गरेर दमनकारी सत्ता चलाई रहेका छन् ।’

रोल्पाको गृहप्रसासनलाइ गम्भीर ध्यानाकर्षण गराउदै आफ्ना गिरफ्तार नेता तथा कार्यकर्तालाई रिहाइ गर्न जोडदार माग गरेका छन् । रिहाइ नभए सुबेधिले संघर्षको कडा बाटो समात्न बाध्य हुने समेत जनाएका छन् ।

हेर्नुहोस बिज्ञप्तिको पूर्ण पाठ:

प्रेस बिज्ञप्ति

नेपालका घटीया साशकहरुले आ-आफ्नो भित्रि मिसन फत्य गर्नको निम्ति व्यापक धरपकड र जनविरोधी हर्कतहरु मच्चाई रहेका छन् । गणतन्त्रको नयाँ राजारानी बनेर रोल्पामा प्रवेश गरेका नव धनाढ्य तथा मतियार बर्षमान पुनको ठाडो निर्देशनमा रोल्पाका स्थापित क्रान्तिकारीहरु माथि धरपकड भएको छ ।

यसै शिलशिलामा रोल्पा जिल्ला जनसत्ता प्रमुख लाल बहादुर ओली कामरेड ‘विश्व’ र पुराना किसान नेता चित्र बहादुर खड्का कामरेड ‘गणेश’ लगायत अन्य दुइ जना होनाहार कार्यकर्ताहरु कमरेड खैराङ्ग महरा र कमरेड जित बहादुर बिष्टलाइ अपहरणको शैलीमा गिरफ्तार गरेको छ । बृय मिस्रित होलिवाइन खाएर, सिकेराउतलाइ अँगालो हाल्नेहरु र कुनै बेला नेपालको सुरक्षा फौजलाई बलात्कारी फौज भन्नेहरुले आज क्रान्तिकारीहरुलाइ निर्ममतापुर्वक दमन गरिरहेका छन् ।

उनीहरुको पनि छिट्टै अवसान हुनेछ हेक्का रहोस । यो देशको कालापानी बेचेर खानेहरु, लिपू लेख बेचेर खानेहरु, लिम्पिया धुरा तिनकुर बेचेर खानेहरु बिस्तारै शैपाल हिमाल, जलजला पहाड र चोमो लोङ्गमा बेच्दै छन् । आफ्नो भित्रि मिसन फत्य गर्नको निम्ति क्रान्तिकारीहरु माथि व्यापक धरपकड मचाइ रहेका छन् । अझ रोल्पामा चर्को गरेर दमनकारी सत्ता चलाई रहेका छन् ।

हामी भन्न चाहान्छौ, यहाँका गृहप्रशासनलाइ छिटो भन्दा छिटो हाम्रा गिरफ्तार कामरेडहरुलाई रिहाइ गरियोस । होइन भने हामी संघर्षको कडा बाटो समात्न बाध्य हुनेछौ । त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा गणतन्त्रका नयाँ राजारानी र नव धनाढ्यहरुले लिनु पर्ने छ ।

दलालका मतियार र सुरक्षा फौजका कथित हाकिमहरु जसले क्रान्तिकारी स्थापित नेताहरुलाई गिरफ्तार गरेको छ, उनीहरुलाई कठालोमा समातेर चौबाटोमा ल्याएर निर्ममतापुर्बक पछार्ने स्थिति छिट्टै आउने छ । रोल्पामा दमन झन् बढी चर्कीदै गैरहेको छ, त्यसको बिरुद्दमा रोल्पाली जनतालाई जर्याक-जुरुक उठ्न आग्रह गर्दछु ।

क्रान्तिकारी अभिबादन सहित

………………….
सन्तोस सुबेदी ‘प्रयास‘
सेक्रेटरी

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार